गाैमुल गाउपालिकालार्इ अनिवार्य र आधारभुत शिक्षा घोषणा गरिदै

  मूलधार सम्वादाता  864 पटक हेरिएको

बाजुरा– गौमुल गाउँपालिकाको वडा नम्वर ४, ५ र ६ लाई आज अनिवार्य र आधारभुत शिक्षा कार्यान्वयन सहितको प्रतिबद्धता गर्दै घोषणा हुने भएको छ । गौमुल गाउँपालिकाले तीन वटा वडालाई एकसाथ घोषणा गर्ने निर्णय गरेको हो ।

हालको वडा नम्वर ४ र ५ साविकको मानकोट गाविसमा पर्दछ भने हालको वडा नम्वर ६ साविकको जुगाडा गाविस क्षेत्रमा पर्दछ । ५ बर्षदेखि १२ बर्ष उमेर समुहका बालवालिकाहरु ९८ प्रतिशत बिद्यालय भर्ना भइ निरन्तर बिदालय गइरहेकाले मापदण्ड पुरा भएपछि घोषणा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनु भएको छ ।

नेपालको संबिधान २०७२ मा उल्लेख भए अनुसार माद्यामिक तहसम्म निशुल्क र आधारभुत तहसम्म निःशुल्क अनिवार्य आधारभुत शिक्षाको हक हुने ब्यवस्था गरेको छ भने शिक्षा मन्त्रालय, शिक्षा बिभाग, माननिय मन्त्रि स्तररको बैठकबाट अनिवार्य आधारभुत निशुल्क शिक्षा कार्यान्वयन निर्देशिका जारी भएको छ ।

नेपाल सरकारले बनाएका नितीगत ब्यवस्थाको स्थानिय तहमा कार्यान्वयन गर्ने उद्येश्यका साथ हाल ३ वटा वडाहरु घोषणा गर्ने र क्रमश १, २, र ३ लाई समेत घोषणा गरि एक वर्षभित्र गाउँपालिका नै धोषणा गर्ने लक्ष्य रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताउनु भएको छ ।

कार्यान्वयन प्रतिबद्धताको घोषणा कार्याक्रममा अनिवार्य आधारभुत शिक्षा कायौन्वयन प्रतिबद्धता घोषणा पत्र वाचन, बाल समुहका प्रतिभा पहचिान, वडा महिला देउडा कार्यक्रम, प्रमाणपत्र बितरण गर्ने कार्यक्रम तय गरिएको पीसविन परियोजना अधिकृत प्रदीपराज जैशीले बताउनु भएको छ । कार्यक्रमको सहजिकरण सेभ द चिल्ड्रेन र पीसविन बाजुराले गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार