देउवासँग चुनावी प्रतिस्पर्धा गर्न लागेका भट्ट सवार गाडीमा बम प्रहार,

  मूलधार सम्वादाता  456 पटक हेरिएको

डडेल्धुरा-  वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खगराज भट्ट सवार गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्न लागेको भट्ट सवार गाडी जिल्लाकै भित्रिमधेस क्षेत्रबाट सदरमुकाम फर्किने क्रममा बम विस्फोटको निशानामा परेको हो ।

सोमबार परशुराम नगरापालिकामा आयोजित चुनावी सभाको कार्यक्रम सकेर जिल्ला सदरमुकाम फर्किने क्रममा आलिताल गाउँपालिका ८ बाख्खोली भन्ने ठाउँमा केहीबेर अगाडि मात्रै बिस्फोट गराइएको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ । बिस्फोटबाट गाडीमा क्षति पुगे पनि उम्मेदवार भट्ट सकुसल रहेको जनाइएको छ ।

यो पनी पढ्नुहोस्

पाल्पाको माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा लुटपाट भएको छ ।

आइतबार राति नचिनेका मान्छेको समूहले झुम्का, मंगलसुत्र, औँठी, मडवारी, चन्द्रमा र मोबाइल सेट लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताउनुभयो ।

सुरेश नेपालीसहित गाउँका युवा भलिबल खेल्न ओलेस गएको मौका छोप्दै तीनजनाको समूहमा आएका युवाहरूले खुकुरी देखाएर लुटपाट गरेको नेपालीले जानकारी दिनुभयो ।

‘खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक, कानका गहना, छिमेकी नन्दहरूको गहना थुत्यो’, कल्पनाले भन्नुभयो, ‘तीन वर्षको छोरोको कानको मुन्द्रीसमेत थुतेर लग्यो ।’

बच्चाको खुुत्रुके, कोर्ट, पाइन्ट, चश्मा, लत्ताकपडा, झण्डै ५ तोला सुन र नगद चोरी भएको सुरेश नेपालीले बताउनुभयो । ‘म कपडा सिलाएर खाने मान्छे हुँ’, कल्पनाले भन्नुभयो ‘मेरो कैंचीसमेत लगेका छन् ।

’ श्रीमतीलाई दुब्र्यवहार गर्दे बलात्कारको धम्की दिएर चोरी गरेको सुरेशको भनाई छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनास्थल पुगेर चोरीको जानकारी लिएको र अनुसन्धान भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार