MBBS प्रवेश परीक्षाको नतिजा सार्वजनिक, पूर्ण नतिजा सहित

  मूलधार सम्वादाता  377 पटक हेरिएको

काठमाडाैं-  चिकित्सा शास्त्र अध्ययनस संस्थान (IOM)ले पुनः लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । गएराति ३ बजे नतिजा सार्वजनिक गरिएको हो।

७ हजार ३ सय ५८ जनाले परीक्षा दिएकोमा ३ हजार ३ सय ३० जना उत्तिर्ण भएका छन् । विदेशी कोटामा भने २सय १ ले जाँच दिएपनि ३३ जना मात्रै उत्तिर्ण भएका छन् ।

पास प्रतिशत अघिल्ला वर्षहरु भन्दा घटेको आइओएमका सहायक डिन डा राजेन्द्र गुरागाइँले बताए । उनका अनुसार विद्यार्थीले ल्याउने अंक पनि घटेको छ । उनले भने, ‘अघिल्ला वर्षहरुमा विद्यार्थीहरुले ९० भन्दा बढी ल्याउँथे ।

यस वर्ष ८८ भन्दा कम अंक मात्रै ल्याएका छन् । मोरङका प्रज्वल लुइँटेल, भक्तपुरका निरञ्जन अधिकारी र रुपन्देहीका देभांस उपाध्यायले समान ८८ नम्बर ल्याएर टप गरेका छन्।

समग्रमा जाँच दिने मध्ये ४६ प्रतिशत पास भएका छन् । अघिल्ला परीक्षाहरु भन्दा यो परीक्षामा कडाइ भएको थियो ।

पूर्ण नतिजाका लागि यहाँ क्लिक गर्नुहास्:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार