गगनलाई बम पड्काउने २२ जना प्रकाउ, को हुन ती हेर्नुहोस्

  मूलधार सम्वादाता  704 पटक हेरिएको

काठमाडाैं-  कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।

‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदलाई नियन्त्रण लिने काम गरिरहेको छ,’ एसएसपी धानुकले भने । प्रहरीले सो बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पड्काएको निष्कर्ष निकालेको छ।

त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको सो बम किट्ली बम रहेको तथ्थ खुलेको छ। बम डिस्पोजल टोलीले थापा रहेको २ मिटर टाढा बम पड्किएको जनाएको छ।

अन्यन्त नजिकबाट बम पड्किदाँ थापासहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर रहेको शिक्षण अस्पताल महाराजंजले जनाएको छ।

 

यो पनी पढ्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई रु तीस हजार घुस लिदा लिँदै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए । घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार