बलात्कारका घटना ः कानुन छ तर कारबाही हुँदैन

  मूलधार पोष्ट  193 पटक हेरिएको

प्रहरीको तथ्याङक अनुसार गएको २० बर्षको अवधिमा नेपालमा बलात्कारको घटना १० गूणाले बढेको छ । बलात्कारको घटना बढेसंगै यसलाइ हटाउन सरकारले कडा कानुन पनि बनाएको छ । बलात्कार गरेको प्रमाणित भए अवस्था हेरिकन जन्म कैद सम्मको कानुनी व्यवस्था भएपनि कानून कार्यान्वयन प्रभावकारी रुपमा भएको छैन । महोत्तरीका ९ वर्षका बालिकामाथी छिमेकीबाटै जवरजस्ति करणी भयो । परिवारले पीडक पक्षविरुद्ध उजुरी दियो ।

बलात्कारी प्रक्राउ परे । तर ४ महिनामा छुटे । भदौबाट लागू भएको फौजदारी संहिता अनुसार उनलाइ कम्तिमा २० बर्षसम्म जेल सजाय र क्षतिपूर्ति हुनुपर्ने हो । फौजादारी संहिताले बलात्कारको प्रकार र दोषीलाई हुने कारबाही छुट्याएको छ । तर कानून कार्यान्वयनमा जटिलता छ । अधिवक्ता कोषराज काफ्ले पक्राउ परेका केहीलाई कारबाही भएपनि घटनापछि फरार भएका पीडकलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७३÷७४ मा १ हजार १ सय ३१ बलात्कारका घटना प्रहरीमा दर्ता भएको छ । जसमध्ये ३५ प्रतिशतले न्याय नपाएको राष्ट्रिय महिला आयोगको तथ्याङक छ । बलात्कार विरुद्धको कानुन कडा छ, तर, कार्यान्वयन छैन । सरकार, कानुनी व्यवस्था जानकारी नभएका कारण पनि कार्यान्वयनमा जटिलता भएको बताउँछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता धनराज ज्ञवाली । यो सामाजिक विषय पनि भएकाले कारबाहीमा जटिलता उत्पन्न हुने गरेको बताउनुहुन्छ । बलात्कारका घटनामा पीडकलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । फौजदारी संहिताले जवरजस्ति करणी गर्नेलाई अवस्था हेरिकन कम्तिमा ७ देखि २० बर्षसम्म कैद हुने तथा हाडनाता करणी गर्नेलाई जन्मकैद सम्मको व्यवस्था गरेको छ ।

कानुनका बारेमा नागरिकलाइ जानकारी दिन र कार्यान्वयनमा ल्याउन सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?योे प्रश्नमा अधिवक्ता विश्वकान्त मैनालीले कारबाही गर्ने निकाय इमान्दार नभएसम्म पीडितले न्याय नपाउने बताउनुभयो । अदालत, प्रहरी, प्रशासन लगाएतका सबै क्षेत्र भ्रष्टाचार मुक्त र इमान्दार भएमात्रै बलात्कारका घटनामा पीडितले न्याय पाउनसक्ने उहाँको भनाइ छ । फौजदारी संहिताले हाडनाता करणीमा जहिलेसुकै उजुरी गर्न सकिने, नाबालिका हुँदा भएको बलात्कारका घटनामा पनि वयस्क भएपछि मुद्दा दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार