महिला डाक्टरद्धारा बिरामीकै बेडमा आपत्तीजनक अवस्थामा भेटेपछि !

  अन्तैबाट  332 पटक हेरिएको

क्यानडाको राजधानी टोरोन्टो स्थित रहेको अस्पतालमा एक महिला डाक्टरद्धारा विरामीसँग बिरामीकै बेडमा यौन क्रिडामा लिप्त रहेको अवस्थामा पक्राउ परेकी हुन् । क्यानडाको एक अस्पतालमा महिला डाक्टर आफ्नै विरामीसँग यौनसम्पर्क राख्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेकी छिन् । मुलत घटना केही वर्ष पहिलेको हो तर, अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

विरामीसँग सो अवस्थामा फेला परेकी ३७ वर्षीया महिला डाक्टर थिपालाई अस्पतालले निलम्बन गरेको थियो । तर, थिपा सोही विरामीसँग नै नियमित डेट गर्दै आएको खुलासा भएको छ । त्यतिमात्र होइन उक्त युवकलाई क्यासर भएको कुरा पनि थिपाले नै पत्ता लगाएकी थिइन् । विभिन्न चरण गरी थिपाले करिब २३ पटक युवकको उपचार गरेकी थिइन् । त्यसपछि युवकले आफु डाक्टरबाट सेक्सुअल ह्यारेसमेन्टमा परेको बताएका थिए ।

युवकलाई डाक्टरले इन्स्टाग्राममा फलो गर्दै म्यासेज पठाएपछि यी दुईको सम्बन्ध सुरु भएको थियो । युवकसँगको सम्बन्धलाई महिला डाक्टर थिपाले आफ्ना साथीहरुलाई सुनाएकी थिइन् । त्यसपछि युवकले आफुलाई डाक्टरले फसाएर सम्बन्ध राखेको र आफु पीडित भएको भन्दै केस गरेपछि महिला डाक्टरको लाइसेन्स खारेज भएको छ भने कारबाही पनि भएको छ । विश्वमा यस्ता घटनाहरु बारम्बार आउने गरेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार