अधुरै रह्यो नातीलार्इ खेलाउने चाहाना,

  पत्रपत्रिकाट  708 पटक हेरिएको

बझाङको खप्तड छान्ना गाउँपालिकाको दुर्गम बस्ती बडाकोटकी ४० वर्षीया उजलीदेवी थापाको प्रसुतिका क्रममा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । आइतबार राति घरमा खाना खाइसकेपछि सुत्केरी व्यथा लागेकी थापालाई पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजाँदै गर्दा बीच बाटोमै सुत्केरी सुत्केरी भएकी थिइन् । सुत्केरी भइसकेपछि अब घरमै लगौँ भनेर आफन्तहरुले थापालाई घरमा ल्याए ।

सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण मध्यरातमा उनको मृत्यु भएको मृतकका आफन्त मुकेश थापाले बताए । बडाकोटबाट पाटादेबल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ तीन घण्टाको पैदल बाटो हिँड्नुपर्छ । गाउँमा पनि दक्ष स्वास्थ्यक्रर्मी नहुँदा उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो । छोरीको अवस्था भने सकुशल रहेको बताइएको छ ।

मृतकका श्रीमान रोजगारीका लागि भारत जानुभएको छ भने घरमा उनका दुई छोरा र एक छोरी छन् । जेठो छोराबाट नाति समेत पाएकी थापाको उमेर ढल्केसँगै कमजोरी बढेकाले मृत्यु भएको बताइएको छ । छोराछोरीको रहर पूरा भइसकेको र अनिच्छामा गर्भ रहेकाले आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै थापाले बताउने गरेको उनका आफन्तहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार