यो बर्ष कति कमायो नेपाल टेलिकमले ? विवरण सहित

  रासस  190 पटक हेरिएको

काठमाण्डौ –टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा रु ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३/७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३.७३ प्रतिशतले वृद्धि भई आव २०७४/७५ मा रु १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४/७५ मा ११६.५६ प्रतिशत पुगेको छ ।

टेलिकमले सरकारी राजश्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४/७५ मा कर तथा गैरकर वापत कूल रु २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ । कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजश्वमा स्वतः वृद्धि हुने दावी छ ।

कम्पनीका अनुसार गत मङ्सिरसम्म ग्राहक सङ्ख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३÷७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३.५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो । हाल टेलिघनत्व ७२.५० प्रतिशत पुगेको छ । कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार