कक्षा ११ को आंशिकतर्फको परीक्षाफल आज प्रकाशित

  मूलधार सम्वादाता  1119 पटक हेरिएको

काठमाडाैं- कक्षा ११ को आंशिकतर्फको परीक्षाफल आज प्रकाशित हुने भएको छ ।

निर्वाचन मुख्य कारण देखाउँदै परीक्षाफल प्रकाशित मिति सार्दै आएको राष्ट्रिय परीक्षा बोर्डले आंशिकतर्फको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । नियमिततर्फको परीक्षाफल निर्वाचन पछि पुषको पहिलो हप्ता सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।

परीक्षाफल ढिलाईको कारण कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका थिएनन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकेल्दै आएको थियो ।

कक्षा ११ को आंशिक परीक्षाको नतिजालाई भने पहिलेकै आधारमा प्रकाशन गरिन भएपनि नियमित तर्फको नतिजा भने लेटर ग्रेडिङमा निकाल्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् । जसमा दुई लाख ११ हजार ६ सय ८१ छात्र र दुई लाख ३७ हजार ३ सय ७३ छात्रा रहेका छन् ।

रिजल्ट हेर्न यहाँ जानुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार