सरकार विरुद्ध काँग्रेसको कडा विरोध

  मूलधार पोष्ट  284 पटक हेरिएको

सरकार विरुद्ध नेपाली कांग्रेसले बाजुरामा विरोध प्रदर्शन गरेको छ । संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बाजुरामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका बाजुराका सभापति कविराज पण्डितले बताउनुभएको छ ।

पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले हालको सरकार अधिनायकवादी बाटोमा हिडेको आरोप लगाउनुभएको छ ।

उहाँले हालको सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन् । डा. गोविन्द केसी संग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको,जताततै महंगी र भ्रष्टाचार बढेको छ बताउनुभएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको,सरकारको अधिनायकवादको विरोध, संसदीय सर्वोच्चता कायम गर्न माग, सरकारको भ्रष्टाचार,राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न माग, हत्या हिंसा बन्द गर्न माग, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न नसककेको लगायतका माग राख्दै बिरोध प्रदेशन गरिएको हो ।

कार्यक्रममा संबोधन गदैँ नेपाली काँग्रेसका नेताहरुले सरकार सञ्चालनको ढङ्ग राम्रो नभएको आरोप समेत लगाएका छन् । त्यस्तै नेपाली काँग्रेसका पूर्व सभापतिहरु गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेका अस्पताल हटाउनका लागि गलत क्रियाकलाप गर्ने सरकार गलत खेल गरेको प्रति आपत्ति जनाएका छन् । नेकपाको सरकार नालायक बाहेक अरु नभएको काँग्रेसको ठहर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार