साप्ताहिक राशिफल : माघ २० देखि २६ गतेसम्मको सबैको भाग्य र भविष्य

  धर्म दर्शन  695 पटक हेरिएको

साप्ताहिक राशिफल – माघ २० आइतबार देखि २६ शनिवार २०७५ सम्म ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -बुधवार र बिहीवार मनग्गे आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। अवसर प्राप्त भए पनि बेलामा हिम्मत गर्न नसक्दा काममा बाधा पर्नेछ। आफ्नैले पनि धोका दिन सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि नियमित काम सम्पादन हुनेछन्। शुक्रवारदेखि खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। चिताएको काम रोकिन सक्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – केही चुनौती देखिए पनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ। बुधवारदेखि विशेष अवसर प्राप्त हुनेछन्। प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने समय रहेकाले सावधान रहनुहोला।हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। मिहिनेत गर्दा मनग्गे धन र विद्या प्राप्त हुने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह -विरोधीहरू बढ्नाले आँटेको काम रोकिन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। नयाँ काममा शुभचिन्तकहरूको साथ लिएर अघि बढ्नुहोला। सप्ताहान्तमा कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ। परिस्थितिवश चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ। दाम, इनाम वा पुरस्कार हातलागी हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो -परिस्थितिवश व्यवसायमा धेरै फाइदा उठाउन नसकिएला। मंगलवार साँझदेखि परिस्थिति केही असहज बन्न सक्छ। प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। मालमत्ता हराउने र अर्थ-अभावले सताउने समय छ। सप्ताहान्ततिर धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे -समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। मिहिनेतले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनेछ। प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि प्रयत्न गर्दा अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। शुक्रवारदेखि यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले केही झमेला निम्त्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, -रोकिएका काम दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनाले व्यापार र उद्योगमा फाइदा हुनेछ। पो-प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्रिय समाचारले चिन्ता बढाउनेछ। आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले पनि उत्साह जगाउनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम थालनी हुनेछ। सप्ताहान्तमा प्रियजनसँग भेटघाट हुनुका साथै घर-परिवारमा खुसियाली छाउनेछ। सोखले मालमत्ता जोड्न प्रेरित गर्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते -आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइ टाढिन सक्छन्। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। साताको उत्तरार्द्धमा परिस्थिति अनुकूल बन्दै जानेछ। मिहिनेतले लाभ दिलाउनेछ। प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। अरूलाई दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। अन्त्यमा प्रतिस्पर्धीहरू पछि पर्नाले दिगो फाइदाको काम प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु -चिताएको योजना गोप्य राखी अघि बढ्नुहोला। समस्या दर्साउँदा दाजुभाइको सहयोग जुट्नेछ। बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बुधवार र बिहीवार आफन्तमा असमझदारी बढ्नेछ भने पारिवारिक समस्याले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीअनुसार फाइदा कम हुनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले स्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -आत्मसम्मानमा प्रश्न उठ्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा मंगलवार साँझदेखि आँटेको काम बन्नेछ। साता केही संघर्षमय रहनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा आक्षेप लगाउनेहरूले सताउन सक्छन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। सप्ताहान्तमा पारिवारिक असमझदारीले समस्या निम्त्याउनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बलजफ्ती गर्दा काम बिग्रन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि -आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मंगलवार साँझदेखि परिस्थिति अलि असहज बन्न सक्छ। वादविवादमा संलग्न नहुनुहोला। प्रारम्भमा इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ भने शुभचिन्तकहरूको सहयोगले हौसला प्रदान गर्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द -रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवार साँझदेखि स्थितिमा सुधार आउनेछ। आफन्तको सहयोग जुट्नाले मनमा आनन्द मिल्नेछ।प्रारम्भमा स्वास्थ्य र अर्थमा समस्या पर्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने समस्या टार्न कर्जा लिनुपर्ने हुन सक्छ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। विशेष उपहारका साथै धनलाभ हुनेछ। अध्ययनमा पनि सफलता हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लगनशीलताले गुमेको स्थान पुन: दिलाउन सक्छ। सप्ताहान्तमा टाउको र आँखाको समस्याले भने सताउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि -केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि सप्ताहान्तमा मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। साताको प्रारम्भ अनुकूल रहनेछ। सुरुमा व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन् र आयआर्जन राम्रो हुनेछ। तर मंगलवार साँझदेखि रकम खर्च गर्नुपर्ने स्थिति आउनेछ। केही विवादास्पद काममा जुट्नुपर्ला। आलोचकहरूले दु:ख दिनेछन्। आगन्तुकले अलमल्याउने हुँदा काम सक्न समस्या पर्ला। नेपाली पात्रोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार