पहिलोपटक मुकाममा विजुलि पुग्दा

  कालु बोहोरा  182 पटक हेरिएको

अछामको चौरपाटी गाउँपालिकाको मुकाममा पहिलो पटक विजुली पुगेको छ । चौरपाटी गाउँपालिकाका ७ वटा मध्ये ४ वटा वडामा विजुली पुगेको भएपनि गाउँपालिकाको मुकाममा विजुली पुग्न सकेको थिएन । चौरपाटी गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रसारण लाईनको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले औपचारिक रुपमा सुभारम्भ गर्नुभएको छ ।

गाउँपालिकाको केन्द्रसम्म राष्ट्रिय प्रसारण लाईनको सुभारम्भ गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष आफ्नो कार्यकालमा ७ वटै वडाका सम्पूर्ण वस्तिमा विद्यतु पु¥याउने दावी गर्नुभयो । उहाँले अव वाँकी वडा नं. १ वडा कार्यालय सिउडीमा ६ केही दिनभित्रै र वाँकी वडा नं.२ र ३ सोकटमा पनि ६ महिनाभित्रै विजुली पुगाउने बताउनुभयो । स्थानीयले विजुलीको व्यवस्था नहुदाँ आधुनिक सेवा सुविधाबाट बञ्चित हुन परेको थियो । उहाँले अव केही दिन भित्रमा गाउँपालिकामा र अछामको प्रवेश द्धारमा सिसिटिभि क्यामराको जडान गरिने पनि धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै रौतहटको बृन्दाबन नगरपालिकामा रहेको सिमसार क्षेत्रको संरक्षण हुने भएको छ ।सो सिमसार क्षेत्रमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा ओझेलमा परेको थियो । बृन्दाबन नगरपालिकाको आर्थीक सहयोगबाट संरक्षण गरिने भएको छ । स्थानीयले बृन्दाबन सिमसारक्षेत्र बिकास तथा संरक्षण समिति गठन गरेर यस्को संरक्षणमा जुटेको संबिधान सभा सदस्य देबेन्द्र पटेलले बताउनु भयो । सिमसारको संरक्षणबाट जङ्गली जनाबरलाई समेत राहत मिल्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार