नेविसंघद्धारा गाउँपालिकाको गाडीमा तोडफोड

  मुुलाधार पोष्ट  428 पटक हेरिएको

नेपाल बिद्यार्थी संघ डोटीले मेललेक गाउँपालिका अछामको गाडीमा तोडफोड गरेको छ । डोटीको सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष सवार वा २ झ ४१८८ नम्बरको स्कारपियोमा तोडफोड गरिएको हो । सरकारको बिरोधमा शनिबार सरकारी स्तरका सवारी साधन चल्न नदीने नेवि संघको केन्द्रिय निर्णय अनुसार नेवि संघ डोटीले सेतो नम्बर प्लेट भएका सवारी साधन संचालनमा रोक लगाएको थियो ।

नेवि संघले पुर्वजानकारी गरि सरकारी सवारी साधनमा रोक लागाउँदा लगाउँदै गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेवि संघका अध्यक्ष गणेश खड्काले बताए । सामान्य तोडफोड पछि गाउँपालिकाको उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालयले जानाएको छ । रकारको जवरजस्तबाद, सत्ताबाद अधिनायकबाद र दुइतिहाइको दम्बको बिरोध गर्दै नेवि संघले देशव्यापी रुपमा शनिबार सरकारी स्तरका सवारी साधन संचलनमा रोक लागाएको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । अध्यक्ष खड्काले अहिले सरकारी कार्यालयका सवारी साधन, स्तानिय सरकारका सवारी साधन दुरुपयोग भैरहेको भन्दै नेवि संघले यो अभियानलाई निरन्तरता दिने बताए ।

शनिबार सुरक्षा कर्मिको भ्यान, एम्बुलेन्स वाहेकका सरकारी साधनहरु सडकमा गुडेको भेटीए नियन्त्रणमा मात्र होइन आगजनी समेत गर्ने नेवि संघका पुर्व केन्द्रिय सदस्य विजयराज ओझला बताए । उनले काँग्रेस सहित काँग्रेसका निकटका संगठन सडक देखि सदन सम्म सरकारको बिरोधमा रहेकाले सरकार बिरुद्ध जस्तोसुस्कै निर्णय लिन पछि नहट्ने बताए ।
नेवि संघले शनिबार डोटी लगायत देशभरी नै सरकारी सवारी साधनमा रोक लगाएको छ । आजै नेवि संघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९९० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार