नगरपालिका सरसफाइमा सुस्ताएपछि व्यापारीले गरे बजार सफार्इ

  मूलधार पोष्ट  273 पटक हेरिएको

बाजुराको मार्तडी दुनि हाटबजारका व्यापारी बजार सरसफाइमा सक्रिय देखिएका छन् । बढ्दो फोहर मैला व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व निर्वाहका लागि व्यापारीले सरसफाइ कार्य थालनी गरेका हुन् । उनीहरुले प्रत्येक महिनाको १५ गते नियमित बजार सरसफाइ सहीत अन्य सामाजिक सेवाका काम गर्ने निर्णय गरेका छन् ।

पुसको १५ गते बजार भित्रको सडक मर्मत गरेका व्यापारीले माघ १५ गते बजार भित्रको नाला सहीतको सरसफाइ गरेको दुनि हाट बजार व्यवस्थापन समिति अध्यक्ष मोहन नेपालीले बताउनुभयो । समितिको निर्णय अनुसार १५ गते बजार बन्द गर्ने र सरसफाइ लगायत अन्य सामाजिक काम गर्ने निर्णय गरेको हो ।

बजारमा करिब २ सय बढी विभिन्न सामानका पसल रहेका छन् । ती सबै व्यापारीले अनिवार्य योगदान गर्ने गरि सामाजिक कार्य गर्ने निर्णय गरे बमोजिम नै सरसफाइ गरिएको हो । व्यापारीले दिनभर झाडु सहीत, बिल्चा, कोदाली, बाल्टीन तथा फोहर संकलन सामाग्री लिटर बजार क्षेत्रको सरसफाइ र नाला भित्रको फोहर हटाउने काम गरेका छन् ।

डेढ सय बढी व्यापारीले मंगलबार विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नाला, बजार क्षेत्र, चोक तथा पसल पछाडिको र पानीको पाईप लाइनको सरसफाइ गरेका हुन् । पछिल्लो समयमा बजारमा फोहर बढ्दै गएको थियो । तरकारी विक्रीका लागि आउने कृषक सहीत जिल्ला बाहिर बाट आएका मालबहाक सवारी साधानबाट बजारमा बढी फोहर हुने गरेको छ ।

बजारमा तरकारी संकलन तथा विक्री केन्द्रको अभाव रहेको छ । भने अव्यवस्थीत पसल निर्माणले फोहर मैला समेत जथावाभी देखिने गरेको छ । सामाजिक काममा पनि व्यापारीको योगदान देखिनु पर्छ भन्ने मान्यताका साथ सरसफाइ गनेृ गरिएको बजार व्यवस्थापन समिति सल्लाहकार समेत रहेका व्यापारी एवं व्यापारी हंशबहादुर सिंहको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार