बामगठबन्धन र प्रचण्डको समाचार प्रसारण गर्न प्रतिवन्ध

  मूलधार सम्वादाता  367 पटक हेरिएको

चितवन-  चितवनको भरतपुरस्थिति मध्ये नेपालकै ठुलो भन्दै प्रसारण हुने कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको खुलाशा भएको छ ।

कालिका एफएम बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा संचालित एफएम हो । प्रचण्ड तथा बामगठबन्धन सम्बन्धि समाचार प्रसारणमा रोक लगाइएको बिषयमा एफएममै कार्यरत एक कर्मचारीले बताएको बिषयमा आज बिहान समाचार आएपछी सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया आएका छन् ।

कालिका एफएमले एक हप्तादेखि बिक्रम पाण्डे र लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको भन्दै आरोप लगाइएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् ।

एफएमले बाम गठबन्धनको समाचार नदिने भन्दै चितवन तथा नवलपरासीका बम गठबन्धनका उम्मेदवारले समेत आरोप लगाएका छन् । संचार माध्यमले नै समाचार प्रसारणमा भेदभाव गरेपछि आचारसंहिता विपरीत भन्दै एफएममा नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईएको छ ।

‘बाम गठबन्धनको सरकार आए जनताले रुन पनि नपाउने भन्दै भाषण गर्दै आउनेहरुले जनताको सूचना पाउने अधिकार नै बन्चित गरेर आफ्नो भित्री ब्यबहार देखाइएको छ’ नवलपुर १ बाट प्रतिनिधि सभा उम्मेदवार भविसोर पराजुलीले बताए । यस्तै यस बिषयमा समाचार बाहिरिए पछी चितवनका सरोकारवाला निकायहरु र नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतले ध्यानाकर्षण गरेका छन् । साझा सबालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार