२१ बर्षिया पार्वती छाउगोठमा मृत अवस्थामा फेला

  अन्तैबाट  289 पटक हेरिएको

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा महिनाबारी भएको समयमा छाउगोठमा आमा सहित २ छोराको छाउगोठमा मृ्त्यु भएको एक महिना नबित्तै फरी अर्को उस्तो प्रकृतिको घटना भएको छ । डोटीको पुर्विचौकी गाँउपालिका बडा नं. ५ काडामाण्डौमा महिनाबारी भएकी एक महिलाको मृत्यु भएको छ । २१ बर्षिया पार्वती बोगटी महिनाबारी भएको ५ दिन भएको थियो ।

घरमा कोही नभएका कारण जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक लाल वहादुर धामीले जानकारी दिनु भएको छ । अनुसन्धानको क्रममा मृतक वोगटीको कोठामा आगो बालिएको देखीएको छ । आगोले वोगटीको खुट्टा जलेको देखीएको प्रहरीले बताएको छ । कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसासीएका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान रहेको प्रहरी नायब उपरिक्षक धामीले बताउनु भयो ।

मृतकको पोष्टमेटम गर्ने जिल्ला स्वास्थ्य कार्यालय डोटीमा बिहिवार साझा मात्र पुराईएको छ । पोष्टमटम गर्ने तिन जना डाक्टरहरु जिल्ला वाहिर रहेका कारण उपक्षेत्रिय अस्पताल डडेल्धुरा पठाउने तयारी भएको निमित्त प्रहरी प्रमुख धामीले बताउनु भएको छ । मृतकका पती शंकर वोगटी रोजगारीका लागी कोरियामा रहेको बताईएको छ । फाइल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार