सुटिङमा टिस लाग्दी साम्राज्ञी राज्य लक्ष्मी (तस्बिर सहित)

  मूलधार पोष्ट  293 पटक हेरिएको

नेपाली सिनेमा क्षेत्रमा अहिलेका हट , चर्चित अनि मोस्ट डिमान्डेट नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । अहिले नायिकाहरुको दममा पनि फिल्म चल्छ भनेर देखाउँन सफल उनी एकमात्र नायिका हुन भन्दा फरक नपर्ला । युवामाझ आफनो राम्रो क्रेज बनाएकी साम्राज्ञी अहिलेकी सर्वाधिक मंहगी नायिकासमेत हुन् । उनलाई लिएर फिल्म बनाउँन चाहाने निर्माता निर्देशकहरु धेरै छन् तर उनलाई मनाउँन सहज पनि छैन ।

सामाजिक सञ्जालमा समेत लोभलाग्दो फलोर्अस बनाएकी उनी फेसुबक र इन्स्टाग्राममा पनि निकै सक्रिय छिन् । हालैमात्र एकाउण्ट ह्याक भएपछि इन्स्टामा फर्किएकी साम्राज्ञी आर्यन सिग्देलको फिल्म कायराको सुटिङका पलहरुलाई सम्झिएकीछिन् । सामाजिक सञ्जलमा पोस्ट गरिएका ती तस्बिरहरुबाट पनि देख्न सकिन्छ की कलाकारहरु जब सुटिङ स्पटमा हुन्छन् तब नत उनीहरुको खाने ठेगान हुन्छ नत सुत्ने ।

यसो सुस्ताउँन पाएपछि सुतिहाल्छन् खाई हाल्छन् । कायराको सुटिङको दौरान साम्राज्ञी पनि त्यही अवस्थाबाट गुज्रिईन् । उनी यात्राको क्रममा थकाईले निदाएको देखिन्छ । जहाँ साम्राज्ञी निदाएपछि आर्यन पनि खुसुक्क तस्बिर खिचिहाल्दा रहेछन् । ती मिठा पलहरुलाई सम्झिँदै साम्राज्ञी नोस्टाल्जिक भएकीछिन् ।हालै साम्राज्ञी मारुनी फिल्ममा आवद्ध भएकीछिन् । जुन फिल्ममा उनले पुष्प खड्कासंग स्क्रिन सेयर गर्देछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार