अछामका प्रसुती महिला बाजुरामा

  मूलधार पोष्ट  362 पटक हेरिएको

मेल्लेख गाउँपालिका वडा नम्बर १ र २ ऋषिदहमा रहेको बर्थिङ्ग सेन्टरमा प्रसुती गराउने अनमी नहुँदा प्रसुति गर्न आउने महिलालाई समस्या भएको छ । लामो समय देखि बर्थिङ सेन्टरमा अनमी नहुँदा महिलालाई सास्ती भएको हो । २ जना अनमीको दरबन्दी रहेको बर्थिङ सेन्टरमा एक जना सरूवा भएर वाजुरा गईसकेको र अर्को एक जना २ महिने एम बिए तालिमको लागि धनगढी गएकाले बच्चा जन्माउन बर्थिङ सेन्टरमा जाने महिलाहरुलाई सास्ती हुने गरेको छ ।

हालै मात्र स्थानिय डम्बरा देवी धामीले ठाँटी स्वास्थयचौकीको बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने पर्ने बाध्यता भयो भने अर्की स्थानीय प्रतीक्षा बुढाले छतारा स्वास्थ्य चौकी बाजुरा पुगेर बच्चा जन्माउने गरेको बताउनु भयो । बर्थिङ सेन्टरमा अनमी नहुँदा वडा नम्वर १ की स्थानीय वासु धामीले घरमै बच्चा जन्माउनुपरेको दुःखेसो गर्नुभयो ।

केही दिन अघि स्थानीय पारू धामीलाई न्याय हेल्थका नसिंङ्ग स्टाप आशा भट्टले बर्थिङ्ग सेन्टरमा लिएर प्रसुती गराउनुभएको थियो । स्वास्थ्यचौकीमा अनमी नहुँदा गर्भवती महिला सबैभन्दा बढी समस्यामा परेको स्वास्थ्यकर्मी रमेश कुमार चौधरीले बताउनुभयो ।

सिंहदरबारको अधिकार गाउँ/गाउँमा भन्ने नारामात्रै भएको र गाउँका जनताहरु दुखमा रहेको स्थानीय दुरा धामीले बताँउनुभयो । गाउँपालिकामा बारम्बार अनमीको माग र्गदा पनि कुनै सुनाइ नभएको स्वास्थ्य चौकी इन्चार्ज देवी बुढाको गुनासो छ । मेल्लेख गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत हिक्मत बुढाले भने स्वास्थ्यचौकीमा अनमी पठाउने प्रयास भईरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार