मासिक ३० हजार दिँदापनी जागिर खादैनन् युवाहरु

  पत्रपत्रिकाट  445 पटक हेरिएको

स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ। खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले एक लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्।

मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन्। स्वदेशको रोजगारी छाडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न सकेका छैनन्।

हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ। इँटा उद्योगले प्रतिमहिना ३० हजार दिने जनाए पनि २० हजार रुपैयाँ मात्र बचत हुने वैदेशिक रोजगारीका लागि विदेश नै जाने प्रवृत्ति बढ्दो छ। थोरै कमाइ भए पनि विदेश नै जाने क्रम बढ्दै गइरहेका कारण स्वपदेशमा रोजगारीको अवसर बढे पनि नेपाली युवा यस्ता क्षेत्रमा काम गर्न नरुचाउने रोजगारदाताको गुनासो छ। आजको कारोबार दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस् :

प्रदेश नं ३ का समाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयलाई शैक्षिक रुपमा बलियो बनाइने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–११ तिमल्सिना गाउँस्थित चण्डेनी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव समारोहमा आज उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयलाई बलियो बनाउन भौतिक पूर्वाधार, शैक्षिक तथा खेलकूद सामग्री, प्रयोगशाला, विद्यालयमा कार्यरत सहजकर्ताका लागि प्रोत्साहन भत्ता तथा शिक्षकलाई आवश्यक तालीमको ब्यवस्था गरिने छ ।”

मन्त्री दुलालले काभ्रेपलाञ्चोकमा प्रदेश नं ३ को राजधानी बनाउन पहल भइरहेको धारणा पनि व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सामुदायिक विद्यालयले नतिजा राम्रो ल्याएर निजी विद्यालयमा जाने विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नगरभित्रका सामुदायिक विद्यालय, व्यवस्थापन समिति र शिक्षकलाई प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने बताउनुभयो । गोरखापत्र संस्थानका कानूनी सल्लाहकार कुमार भट्टराईले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार