चिर्पटले हानेर एक युवकको हत्या

  मूलधार पोष्ट  267 पटक हेरिएको

कञ्चनपुरमा चिर्पटले हानेर एक युवकको हत्या गरिएको छ। महाकाली नगरपालिका– २ मा आईतबार राति २२ वर्षीय हरजितसिंह धामीको दाउरामा चिर्पटले प्रहार गरेर हत्या भएको हो। स्थानीय महेन्द्रसिंह बोहोराले धामीको टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय कालुसिंह बोहोराको घरमा विवाहको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला सो घटना भएको हो ।

चिर्पट प्रहार गरे लगत्तै गम्भीर घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा पुराईएको थियो। धामीको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको उनले जानकारी दिएका छन् । त्यस्तैबैतडीको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निशुल्क रुपमा बीमा गर्न थालिएको छ । गएको मंसिरदेखि सुरु गरिएको बीमा कार्यक्रममा हालसम्म पाटनमा ७५ जना र दशरथचन्द नगरपालिकामा ४५ जना आप्रवासी कामदारको बीमा छ । आप्रवासी कामदारको रुपमा भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिएका छन् । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडी र अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो ।

यस्तै दशरथचन्द नगरपालिकामा भारत जाने आप्रवासी कामदारको निशुल्क बीमा गर्न थालिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताएका छन् । पहिलो चरणमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारका सदस्य भारतमा रोजगारीका लागि गईरहेका भए उनीहरुको बीमा गर्न थालिएको हो ।

उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी संस्था मुस्याचोर र निङ्गलाशैनी बचत तथा ऋण सहकारी संस्था देहीमाण्डौंमा आवद्ध शेयर सदस्यका परिवारका सदस्यहरुको बीमा गर्न शुरु गरिएको जनाएकोे छ । एसीयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग मिलेर बिमा गर्ने गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार