कांग्रेसको अबरोधका विच चिकित्सा शिक्षा विधेयक स्वीकृत

  मूलधार पोष्ट  178 पटक हेरिएको

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रियसभाको बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । सोमबारको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका बीच विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । आजको दोस्रो बैठक सुरु हुनेवित्तिकै नेपाली काँग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर विरोध जनाएका थिए । काँग्रेस सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको बताउनुभयो । उहाँले अनशनरत डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी छलफल सुरु गर्न आग्रह गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काँग्रेसले उठाएका चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश दिनुभयो । राष्ट्रियसभाको आजको पहिलो बैठकमा काँग्रेस सांसदहरूले आफ्ना नेताको नाममा स्थापना भएका अस्पताललाई नियोजित रूपमा प्रदेश मातहत राखिएको भन्दै विरोध जनाएपछि दोस्रो बैठकमा अध्यक्ष तिमल्सिनाले जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार