नेपालको ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो सिरिज

  मूलधार पोष्ट  422 पटक हेरिएको

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो । यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

यो पनि पढ्नुहोस् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा पहिलो पटक हुन लागेको बाल विवाह रोकिएको छ । आइतबार चन्द्रपुर ५ नम्बर वडामा हुन लागेको बालविवाह रोकिएको हो । रौतहटको चन्द्रपुर–५ मा २० वर्ष कम उमेरकी किसोरीसँग हुन लागेको सामाजिक परम्परागत विवाह जनप्रतिनिधि, प्रहरी र गैरसरकारी संस्था जनसेवाको पहलमा रोकिएको हो ।

विवाहको लागि स्थानीय गाउँले सबै सहमत भए पनि भदौं १ गतेदेखि लागु भएको मुलुकी ऐन संहिता २०७४ ले रोकेको जानकारी गराएपछि दुबै पक्षका अभिभावकको सहमतिमा विवाह रोकिएको हो । चन्द्रपुर नगरपालिका–५ राजपैडामा हुन लागेको विवाहमा बेहुलीको उमेर १८ र बेहुलाको उमेर २२ वर्ष पुुगेको थियो । दुबैका अभिभावकलाई परामर्श गरेपछि दुई वर्षसम्मका लागि विवाह रोक्न उनीहरू सहमत भएका हुन् । चन्द्रपुर नगरपालिकामा पहिलो पटक नयाँ मुलुकि ऐन अनुसार बाल विवाह रोकिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार