घाइते गिद्धको घरेलु उपचार

  मूलधार पोष्ट  382 पटक हेरिएको

बाजुराको हिमाली गाउँपालिका वडा नं ६ बोल्डीकका युवाहरु गिद्ध संरक्षण मा जुटेका छन् । सोमबार हिमली गाउँपालिका वडा न ६ को बोल्ढीकमा एक घाइते गिद्ध भटीए पछि स्थानिय प्रेमानन्द पाण्डे, विष्णुराम पाण्डे र मन्नाम सार्की लगाएत युवाहरुले घाइते अवस्थामा भेटिएको गिद्धको घरेलु उपचार गरेका छन् । गाउँमा काम गर्न जादा स्थानिय यूवाहरुले सिकिस्त विरामी भएको गिद्ध जंगलमा भेटाए पछि घरमा ल्याएर उपचार गरीरहेको र घरमै पालन पोसण समेत गरेको प्रमानन्द पाण्डेले जानकारी दिनुभएको छ ।

विरामि गिद्धलार्इ हाल घरमै स्याहार गरीरहेको र सन्चो हुनेवित्तिकै जंगलमै छोडीदिने समेत बताउनु भएको छ । रेडीयोबाट गिद्ध संरक्षण गर्नु पर्छ भनि सूचना प्रशारण गरेपछि र आफुहरुले त्यहि सन्देश सुनेर आजभोली गिद्ध हरु भेटाए पछि संरक्षण गर्न लागेको स्थानिय यूवाहरुको भनाइ छ ।

प्रकृतिको कुचीकारका रुपमा चिनिने गिद्ध पछिल्लो समय लोभ हुदै गएको भन्दै मध्यपश्चिम विस्वविद्यालयका उप-प्रध्यापन गंगा शाह र पत्रकार लक्ष्मीराज पाध्याय लगाएतका अनुसन्धान कर्ताहरुले बाजुरामा विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् । मानिसहरुले गाईगोरुको सिनोमा विषादी मिसाउनाले गिद्धहरु लोपहुदै गएको विज्ञहरुको भनार्इ रहेको छ । उसोत गएको पुस महिनामापनी बाजुराको बुढीनन्दा नगरपालिकाको कुमारे कोटमा पनि विरामी गिद्ध भेटाएर स्थानिय यूवा धुर्वराज रेग्मीले उपचार गरी जंगलमा छोडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार