दुर्घटनाग्रस्त युएस बांग्ला विमानको रिपोर्ट सार्वजनिक (यस्तो रहेछ दुर्घटना हुनको कारण)

  मूलधार पोष्ट  428 पटक हेरिएको

सन २०१८ को मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटनाग्रस्त युएस बांग्ला विमानको रिपोर्ट सार्वजनिक भएको छ । आइतबार जारी रिपोर्टमा दुर्घटनाको प्रमुख दोषी पाइलटलाई मानिएको छ । उडानको दौरान पाइलटले ककपिटमा सिगरेट पिउनाले विमान क्रयास भएको रिपोर्टमा जनाइएको छ । विमान अवतरणको दौरान पाइलट सिगरेट पिउनमा मस्त रहेको कारण टर्मिनल मेम्बर र पाइलटको बीच कन्फ्युजन भएको ककपिट भ्वाइस रेकर्डरबाट प्राप्त डाटामा उल्लेख छ ।

सिगरेटलाई अम्मलकै रुपमा प्रयोग गर्ने पाइलटको कारण घटना घटेको जाँच कमिसनले जनाएको छ । ६७ यात्रु लिएर काठमाडौं आएको उक्त जहाज पाइलटको लापरवाहीको कारण ४९ जना यात्रुले अकालमा ज्यान गुमाउन बाध्य भएका थिए ।

तेह्रथुममा दश किमि दौड प्रतियोगिता हुने ।
तेह्रथुमको म्याङलुङमा आगामी फागुन १८ गते १० किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । तेह्रथुम समाज युकेको प्रायोजन तथा म्याङलुङ नगरपालिका, वडा नं. ६, ७ र ८ को व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक सुनिल सम्बाहाम्फेले बताउनुभयो ।

गतवर्षबाट सुरु भएको प्रतियोगिता अन्तर्गत यो वर्ष भने खुला पुरुष, मिड भेट्रान्स र सिनियर भेट्रान्स तथा महिलातर्फ खुला र भेट्रान्स गरी पाँच वटा इभेण्ट हुने भएका छन् । खुला पुरुष र महिलातर्फ १६ देखि ४० वर्ष उमेरका धावकहरु सहभागी हुन पाउनेछन् । जसमा प्रथम, द्धितीय र तृतीयलाई पुरुषतर्फ क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ तथा महिलातर्फ क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त प्रदान गरिने आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यस्तै पुरुष मिड भेट्रान्सतर्फ ४१ देखि ५५ वर्ष उमेर समुह र सिनियर भेट्रान्सतर्फ ५६ वर्षमाथिका धावकहरु सहभागी हुन पाउनेछन् ।

जसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई मिड भेट्रान्सतर्फ क्रमशः १५ हजार, १० हजार र ५ हजार तथा सिनियर भेट्रान्सतर्फ १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिने म्याङलुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो । यस्तै ४१ वर्षमाथिका महिला धावकहरु सहभागी हुने महिला भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दौड प्रतियोगिताकालागि सबै पुरस्कारहरु तेह्रथुम समाज युकेका तर्फबाट तिलविक्रम सम्बाहाम्फे, टिकासिंह सम्बाहाम्फे र लोकबहादुर सम्बाहाम्फेका तर्फबाट प्राप्त भएको जनाइएको छ । बाँकी व्यवस्थापन खर्च आयोजकले व्यवस्थापन गर्ने तयारी छ । प्रतियोगिता फागुन १८ गते विहान जिरिखिम्तीबाट म्याङलुङसम्म र पुनः म्याङलुङदेखि जिरिखिम्तीसम्म सन्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार