कक्षा ११ को नतिजा कुरीरहेका विद्यार्थीहरुका लागि खुसीको खसर – Result प्रकशित हुदै

  मूलधार सम्वादाता  2199 पटक हेरिएको

काठमाडाैं-  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फको परीक्षाफल सोमवार प्रकाशित गर्ने तयारी गरेको छ । निर्वाचन मुख्य कारण देखाउँदै परीक्षाफल प्रकाशित मिति सार्दै आएको बोर्डले आंशिकतर्फको परीक्षाफल भने सार्वजनिक गर्न लागेको हो । नियमिततर्फको परीक्षाफल भो पुषको पहिलो हप्ता सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।

परीक्षाफल ढिलाईको कारण कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका छैनन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकलेको हो ।

निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नतिजा प्रकाशनको कामलाई थाँती राखिएको थियो । परीक्षाको नियमन अनुसार परीक्षा सम्पन्न भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशित गरिसक्नुपर्छ । बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् । जसमा छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार ७९२ छ ।

नतिजा ग्रेडिङ प्रणालीबाटै

बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा भने लेटर ग्रेडिङमा निकाल्ने तयारी गरेको छ । कक्षा ११ को आंशिक परीक्षाको नतिजालाई भने पहिलेकै आधारमा प्रकाशन गरिनेछ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्ने तयारी बोर्डको रहेको छ ।

यसअघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । ग्रेडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने तयारी गरेको हो ।

किन आएन् साढे ४ महिनासम्म पनि कक्षा ११ को रिजल्ट ? अब यस्तो छ तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन भएको साढे ४ महिना बितिसक्दा समेत नतिजा प्रकाशित गर्न सकेको छैन् । कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका छैनन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ ।

परीक्षाको क्रममा स्थानीय तहको निर्वाचनले पटक–पटक सरेको परीक्षाको नतिजा प्रकाशनमा पनि निर्वाचन मुख्य कारण देखाउँदै बोर्डले परीक्षाफल प्रकाशित मिति सार्दै आएको बाहना बनाएको छ । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकलेको हो ।

बोर्डको स्रोत अनुसार मंसिर १५ गते आंशिकतर्फको परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको थियो । तर निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नतिजा प्रकाशनको कामलाई थाँती राखिएको थियो । उनका अनुसार मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचनपछि परीक्षाफल प्रकाशनको कामलाई अगाडि बढाइने छ ।

परीक्षाको नियमन अनुसार परीक्षा सम्पन्न भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशित गरिसक्नुपर्छ । बोर्डका अनुसार कक्षा ११ को परीक्षाफल मंसिरको अन्तिम साता अगाडि प्रकाशित हुँदैन् । बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् । जसमा छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार ७९२ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार