माघ १३ देखि १९ सम्मको साप्ताहिक भाग्य र भविष्य

  धर्म दर्शन  1138 पटक हेरिएको

मेष -मन मिल्ने साथी भेटिने र प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ। मंगलवारपछि परिस्थितिवश समस्या देखा पर्नेछन्। विरोधीहरू बढ्नाले चुनौती सामना गर्नुपर्ला। प्रारम्भ रमाइलो रहनेछ। काम बन्नुका साथै व्यापार बढ्नेछ। सहयोगीहरू कमै भेटिनेछन्। नजिकका साथीभाइ टाढिनाले समस्या बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। तापनि, सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। अरूका काममा जुट्नुपर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। समय राम्रो रहेको छ ।
बृष – प्रारम्भमा परिस्थिति अनुकूल हुनाले धेरै काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनाले राम्रै अवसर प्राप्त हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। रमाइलो यात्राका बीच विशेष भेटघाट र मानसम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। शुक्रवारदेखि स्वास्थ्य र आर्थिक पक्ष कमजोर रहने देखिन्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। भैपरी आउने समस्या सुल्झाउन शुभचिन्तकहरूको सहयोग जुटाउनुपर्ला।

मिथुन -प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। सप्ताहान्तमा वादविवादले काममा बाधा पुर्याउन सक्छ। झुटा आरोप वा परिस्थितिजन्य समस्या आउन सक्छ।सुरुमा पढाइको चिन्ताले सताए पनि मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ।
कर्कट -प्रारम्भमा ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने परिस्थिति देखिन्छ। आँटेको काम रोकिन सक्छ। महत्त्वपूर्ण समय अरूका लागि खर्चनुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। विशेष अवसरले पच्याउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। नयाँ जिम्मेवारी हातपार्ने समय छ। मिहिनेत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। सप्ताहान्तमा मनग्गे आम्दानी र व्यवसायमा फाइदा हुनेछ। (नेपाली पात्रो)
सिंह -मिहिनेतले विशेष जिम्मेवारी हातपार्ने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मंगलवारदेखि साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। तापनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ। सप्ताहान्तमा घरेलु काम सम्पादन हुनेछन्। आर्थिक स्रोत जुट्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। (नेपाली पात्रो)

कन्या -आलोचकहरूले काममा बाधा पुर्याए पनि सहयोगीहरूले साथ दिनेछन्। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। बिस्तारै आर्थिक स्रोत पनि सबल बन्नेछ। मंगलवारदेखि विभिन्न अवसर प्राप्त होलान्। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजना बनाउने समय छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। शुक्रवारदेखि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूले अलि दु:ख दिनेछन्। आफ्ना योजना गोप्य राखी अघि बढ्दा बुद्धिमानी हुनेछ। (नेपाली पात्रो)
तुला -इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ। नयाँ तथा दिगो काम गर्ने समय छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ। मंगलवारपछि परिस्थिति अलि असहज बन्न सक्छ। बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। शुक्रवार र शनिवार सहयोगीहरूले साथ दिने हुँदा रोकिएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सफल भइनेछ। (नेपाली पात्रो)
बृश्चिक -प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर जुट्नेछ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ कामको प्रस्तावआउन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षा गरिएको नतिजा पूर्ण सकारात्मक नहोला। तत्काल धेरै लाभ नभए पनि पछि फाइदा हुने कामको जिम्मेवारी पाइनेछ। सप्ताहान्तमा आलोचकहरूले सताउलान्। ठूलो भागको आशा राख्दा हानि हुनेछ।

धनु -सुरुमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। मंगलवारपछि खर्च बढ्नाले आर्थिक अभाव अनुभूति हुनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। तापनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन्। आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ। समय मध्यम खालको रहेको छ ।
मकर – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ। पहिलेको कामले थप अवसर दिलाउन सक्छ। प्रयत्न गर्दा नोकरी प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतको फल राम्रो लाभांशहातलागी हुनेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ। अवसरवादीहरूबाट सजग रहनुहोला।

कुम्भ -प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले राम्रै अवसर पाइनेछ। लगनशीलताले गुमेको स्थान दिलाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै नाम, दाम र इनाम हात पार्ने समय छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।कुम्भ राशिएकालार्इ यो हप्ता राम्रो छैन् ।
मीन -प्रारम्भमा अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम रोकिन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। साताको उत्तरार्द्धमा विशेष अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। खर्च लागे पनि आयस्रोत बढाउन सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकको साथले लक्ष्य प्राप्ति हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार