फेरी आज दिनभर पानी पर्ने

  मूलधार पोष्ट  297 पटक हेरिएको

शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् प्रधानाङगले बताउनुभयो । आइतबारदेखि भने देशभरी कै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्न रोकिएपछि बिहान बेलुकी भने चिसो बढ्नेछ ।

हिमपात र बर्षाका कारण तीन दिनपछि घाम लागेपनि फेरि शुक्रबार साँझबाट हिमपात सुरु भएको छ । सोमबारदेखि बुधबारसम्म घाम नलाग्दा चिसोले अस्तव्यस्त बनेको जनजीवन आजबाट पुनः सास्ती भोग्न बाध्य भएको छ । हिउँ सदमुकाम मार्तडी देखि जिल्लाका सबैजसो स्थानमा पर्न सुरु भएको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । भने जनजाति सुत्केरी, महिनाबारी महिलालाई पनि सास्ती भोग्नु परेको छ ।

हिमपातपछि कोल्टी एयरपोर्ट समेत बन्द भएको छ । मौसम बिग्रिएसँगै कोल्टी र आसपासका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ । कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन् ।

कोल्टी एयरपोर्टबाट बाजुराका बूढीनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका त्यसैगरी हुम्ला, मुगु, कालिकोटका स्थानीयले सेवा लिँदै आएका छन् । त्यो क्षेत्रमा एक सातादेखि सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार