राष्ट्रिय महिला फुटबल टोलीको घोषणा (नाम सहित)

  मूलधार पोष्ट  449 पटक हेरिएको

नेपालको राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले भारतको उडिसामा हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय महिला टिमको घोषणा गरेका छन् । प्रतियोगिता भार उडिसाको भुवनेश्वरमा फेब्रुअरी ७ देखी १७ सम्म हुदैछ । प्रतियोगितामा नेपाल सहित भारत, म्यान्मार रश्रीलंका समावेश छन् । छनोट भएको २३ खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले साफका लागि अन्तिम २० सदस्यीय महिला टिमको छनोट गर्नेछन् ।

फाइल तस्विर

गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा , अन्जना राना मगर, उषा नाथ रहेका छन् भने डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु छनोट भएका छन् । यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, तथा स्ट्राइकरमा अनु लामा, रेखा पौडेल , निरु थापा, सावित्रा भण्डारी, अनिता के सी छनोट भएका छन् ।

त्यस्तै आज भएको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । १ सय १४ रनको चुनौती युएईले ३२ दशमलब १ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । नेपालका लागि सन्दीप, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार