फेरी चट्याङ्ग लागेर एक युवकको मृत्यु

  मूलधार पोष्ट  885 पटक हेरिएको

चट्याङ्ग लागेर बाँकेमा आज एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उममहानगरपालिका वडा नम्बर २३ जंगलीसिंह पुरवाका ३७ बर्षीय लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा पौने ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमान्डौंमा दक्षिण एसियाली देशकामहिलाहरुको सम्मेलन शुरु भएको छ । भोलीसम्मचल्ने दुई दिने सम्मेलनमा दक्षिण एसियाली देशकामहिलाका समस्या, कानुनी जटिलता र समाधानको उपायखोजिगरिने छ ।सम्मेलनमा दक्षिण एसियाली आठ देशकामहिलाअधिकारको क्षेत्रमाकामगरिरहेका संस्थाकाप्रतिनिधीको सहभागिता छ । सम्मेलनमा सार्क राष्ट्र भित्रकामहिलाहरुले भोग्दै आएको लैंगिकविभेद् र अन्त्यकालागिभईरहेको पहलकाविषय छलफल हुने आयोजकशान्तिन्याय र लोकतन्त्रकालागि सामावेशीमहिला सञ्जाल संकल्पकाअध्यक्षलिलीथापाले बताउनुभयो ।

सम्मेलनमाधारणा राख्दै, सार्क सेक्रेटरी जेनरल अम्जात हुसेनले दक्षिण एसियाकामहिलाहरुमा चेतनाअभिवृद्धि गर्न सार्कले कामगरिरहेको बताउनुभयो । यस क्षेत्रकामहिलाको विकासकालागि सम्मेलनप्रभावकारी हुने उहाँको भनाई थियो ।

दक्षिण एसियाली देशहरुको आर्थिक, सामाजिक पृष्ठभुमी समान जस्तै रहेकाले यहाँकामहिलाहरुको समस्यापनि समान छ । यस क्षेत्रकामहिलाहरुलाई एकताबद्ध बनाउन सम्मेलन सफलहुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले विश्वास व्यक्तगर्नुभयो । भोलीदक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन, सार्कलाई घोषणापत्र बुझाउँदै सम्मेलन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार