सबैलार्इ रुवाएर गए डबल कटुवाल

  मूलधार पोष्ट  337 पटक हेरिएको

नेपाल विद्यार्थी संघ बाजुराका उपाअध्यक्ष डबल कटुवा मृत फेला परेका छन् । २९ बर्षिया कटुवालको मंगलबार साँझ जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ४ मा आफ्नै डेरामा मृत फेला परेको प्रहरीले बताएको छ ।

बाजुराको त्रिवेणी नगरपालिकामा मंगरबार बिहान सञ्चालन भएको बैठक सकेर करिब ११ बजेतिर खाना खान डेरामा गएका कटुवाल डेराबाट बाहिरै नसिस्केको र उहाँकी पत्नी बेलुकापख कार्यलयबाट फर्केर डेरामा जाँदा कटुवाल मृत अवस्थामा भेटिनुभएको पारिवारीक स्रोतले बताएको छ ।  उहाँ मृत अवस्थामा भेटिदा सुतेकै अवस्थामा भेटिएको र के कसरी उहाँको मृत्यु भएको हो त्यसबारे कुनै जानकारी नभएको र बाहिरी रुपमा भने अलिकती टाउकोमा ख्रोसिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

मृतक कटुवालको बुधवार जिल्ला अस्पताल मार्तडीमा पोष्टमार्टम गरिएपनि रिपोट भने आउन बाँकी रहेको प्रहरी प्रमुख भाटले जानकारी दिनुभएको छ । मृतक कटुवाललाई भने आजै आफन्तले घर लिइसकेको बताइउको छ । नेविसंघ उपाअध्यक्ष तथा युवा नेता डबल कटुवालको मृत्युको खबरले अहिले सामाजिक सञ्जालदेखि हरेकको मुखमा रामरामको शब्द निस्कीरहेको छ ।

एक इमानदार, कर्मठ र आशावादी तथा जुजारु युवा गुमाएकोमा नेपाल विद्यार्थी संघ बाजुरा र नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । आजै नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डे, पुर्व भुमीसुधार मन्त्री जनकराज गिरी, पुर्व सभाषद महा नेपाली लगायतका नेपाली काँगे्रसका नेता तथा कार्यकर्ताहरुले उहाँलाई नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघको झण्डा ओढाएर अन्तीम श्रद्धाञ्जली दिनुभएको छ ।  यसैबिच नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वबिद्यालयले पनि शोक वक्तव्य जारी गर्दै नेपाल विद्यर्थी संघ बाजुराका उपाअध्यक्ष डबल कटुवालप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरी मृतकको आत्माको चिरशान्तीको कामना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार