भतिजले गरे आफ्नै काकीको हत्या

  पत्रपत्रिकाट  478 पटक हेरिएको

धादिङको नीलकण्ठ नगरपालिकामा मंगलबार भतिजले काकीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका,१४ स्थित धुवाकोट, रातमाटेकी २५ वर्षीय मनिका आले मगरको भतिजो नाता पर्ने सुमन आले मगरले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

१६ वर्षीय सुमन आले मगरले मनिकाको गर्धनमा खुकुरी प्रहार गरेकाे र उनकोे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । खुकुरी प्रहार गर्ने सुमन आले मगर फरार रहेको र घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । त्यस्तै हिमालपारीको जिल्ला मनाङमा मंगलबार दिउँसो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । लगातार परेको हिमपातले स्थानीयबासीको जनजीवन प्रभावित भएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सदरमुकाम चामेमा मात्र ५ देखि ६ इन्च बाक्लो हिउँ जमेको छ । जिल्लाका माथिल्ला भेगमा अत्याधिक जाडो बढेको छ । हिउँ परेकाले घर बाहिर निस्कने अवस्था नरहेको प्रजिअ देवकोटाले बताए । उनले भने, ‘दिउँसो ३ बजेदेखि सुरु भएको हिमपात रोकिएको छैन ।’

जिल्लाको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, ढिकुरपोखरी लगायत ठाउँमा हिमपात परेसँगै तापक्रम माइनस १२ डिग्री पुगेको छ । यसैगरी, जिल्लाको तल्लो भेग चामे, तिमाङ, दानक्युमा तापक्रम माइनस १० डिग्री पुगेको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले सुख्खा भइरहेको जमिनमा हिउँले ढाँकेको बताए । ‘मनाङमा चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ,’ शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी निलकमल आचर्यले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार