एक नेपाली चेलीको जापानमा मृत्यु

  पत्रपत्रिकाट  1110 पटक हेरिएको

जापानमा एक नेपाली महिलाको कपडामा आगो सल्किएर निधन भएको छ । जाड़ोमा हिटर ताप्दै काम गर्दा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपाली महिलाको निधन भएको बताएको छ ।

नेपालको नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल चुकुबा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो । हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको जनवरी २१ तारिख सोमबार साँझ निधन भएको थियो । निधन भएकी रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ ।

मृतक रिमालको बारेमा जानकारी लिन अस्पताल पुगेका गैर आवासीय नेपाली संघ जापानका तोचिगी संयोजक विकास वस्नेतका अनुसार मृतक रिमालले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको थियो । मृतक रिमाल श्रीमानसहित युकीमा बस्दै आएको जानकारी आफुले पाएको संयोजक बस्नेतले बताएका छन् । मृकत रिमालका श्रीमान कम्पनी कर्मचारी भएको बुझिएको छ भने मृतकले पार्टटाइम काम गर्दै आएकी थिईन । आगोले पोलेर मृतक रिमालको ७० प्रतिसत भन्दा बढी भाग जलेको अस्पताल स्रोतले बताएको थियो । उनको जापानमै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार