मदिरा खाएर गालीगलौज गर्ने वडा अध्यक्षलार्इ जरिवाना

  रासस  204 पटक हेरिएको

मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु एक हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मदिरा ऐनअनुसार सामान्य जरिवाना तिराएर छाडिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बूढीगङ्गा नगरपालिकामा नागरिकता वितरण शिविर सञ्चालन गरेको र नागरिकताका लागि वडाध्यक्षको सिफारिस अनिवार्य हुने भएकाले तत्काल जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख भाटले बताउनुभयो । रासस

त्यस्तै सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो । डडेल्धुरा सदरमुकाममा बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् । लामो समयसम्म वर्षा नहुँदा चिन्तित यहाँका किसान चिसोको कहरले भन्दा बालीनाली सप्रने आशाले खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार