सुदुर र मध्यपश्चिममा मेघगर्जन सहित भारी हिमपात

  मूलधार पोष्ट  364 पटक हेरिएको

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा अहिले हिमपात संगै मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन ।

विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । तर ठूलो पानी भने नपर्ने उहाँले बताउनुभयो । यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उहाँको अनुमान छ ।

पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले आज र भोली बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ । यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।उज्यालोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार