आज माघ महिनाको पहिलो चन्द्र ग्रहण कुन राशिले हेर्न पाउने

  धर्म दर्शन  788 पटक हेरिएको

सन् २०१९ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्। वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ।चन्द्रग्रहण आज राति ९ः१८ः५४ बाट सुरु भई मध्यरात १२ः३५ः३९ सम्म रहने छ। ३ घन्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ।

ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन्। दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ।चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ। यसबीचमा गहुँ, धान, चना, मसुरो,चिनी , चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ।राशीअनुसार ग्रहण हेर्दाको फल हेर्दा मेषराशिभएका हरुको लागि व्यथा देखिएको छ ।

त्यस्तै आजको चन्द्र ग्रहण हेर्ने वृष राशिभएकाहरुको लागि भने राम्रो देखिएको छ । वृष राशिलार्इ विषेश गरेर श्रीप्राप्ति हुने भएको छ । राशिको कुरा गर्दा  मिथुनलाई भने आजको ग्रहण राम्रो छैन । आज मिथुनलार्इ हेर्दा क्षति देखिएको छ । त्यस्तै कर्कटलाई पनि राम्रो समय छैन । उसलार्इ चन्द्र ग्रहण हेर्दा घातक हुने भनिएको छ । त्यस्तै राशिफलकै कुरा गर्दा सिंह राशिभएका व्यक्तिहरुको लागि पनि आजको चन्द्र ग्रहण हेर्दा व्यय हुने भनिएको छ । त्यस्तै कंन्यालाई लाभ हुने देखिएको छ ।

तुलाराशि भएका व्यक्तिहरुको लागि आजको ग्रहणले फाइदा नै गर्ने देखिन्छ । सुख प्राप्त हुने देखिन्छ । त्यस्तै वृश्चिकलाई भने आजको चन्द्र ग्रहण राम्रो देखिदैन । वृश्चिक राशिएकाहरुको लागि मान नाश हुने ज्योतिषले भनेको छ । धनुलाई कष्ट रहेको छ  भने मकरलाई–स्त्री पीडादेखिन्छ । त्यस्तै राशिहरुको राजा कुम्भलाई भने सौख्य प्राप्त हुने देखिन्छ । र अन्तमा  मीनराशिलाई पनि आजको माघ महिनाको पहिलो चन्द्र ग्रहण राम्रो देखिदैन मिन राशिभएकाहरुको लागि चिन्ताको समय बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार