श्रीमतीले श्रीमानलाई जिउँदै जलायो

  एजेन्सी  251 पटक हेरिएको

विश्वमा कस्ता कस्ता घटनाहरु सार्बजनिक हुन्छन ।  आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डाेनेसियाकाे हाे । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरकाे छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएकाे बिहीबार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार माेबाइलकाे पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगाे लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।

उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनकाे निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार