पीसविनको बार्षिक लगानी १० करोड ६३ लाख

  मूलधार पोष्ट  328 पटक हेरिएको

पीसविन बाजुराले सन् २०१८ मा जिल्लाको विकास निर्माण र रुपान्तरणका लागि १० करोड ६३ लाख २८ हजार ७ सय ५५ रुपैया ३० पैसा लगानी गरेको छ । एक वर्षको अभियानमा शिक्षा विकास, भौतिक संरचना निर्माण, सामाजिक हित, अभियानमुखि जागरणका अभियान, स्वास्थ्य उपचार लगायतका शिर्षकमा उक्त बजेट लगानी गरेको अध्यक्ष विमला थापाले बताउनु भएको छ ।
कुल बार्षिक बजेट १० करोड ८५ लाख ३८ हजार ७ सय ५६ रुपैया रहेकोमा १० करोड ६३ लाख २८ हजार ७ सय ५५ रुपैया ३० पैसा लगानी गरिएको थापाको भनाई छ । १५ वटा परियोजना अन्र्तगत लगानी गरिएका शिर्षक र उपलब्धी बारे  लेखा परिक्षण गरिएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा लेखा परिक्षण कार्यक्रमको आयोजना गरि लगानी बजेट बारे जानकारी गराईएको पीसविन परियोजना संयोजक धर्मबहादुर रोकायाले जानकारी दिनु भएको छ । पीसविनले सन् २०१८ मा १५ वटा परियोजना सञ्चालन गरेको थियो ।

गैर सरकारी संस्थाले गरेका गतिविधिको सरकारी पक्षबाट निगरानी र अनुगमन भए जस्तो सरकारी पक्षबाट गरिएको लगानीलाई नागरिक समाजको भूमिकाबाट अनुमगन गरिदिन बुढीगंगा नगरपालिका प्रमुख दिपक बिक्रम शाहले आग्रह गर्नु भएको छ । शाहले बुढीगंगा नगरपालिकाको योजना तर्जुमा र विकास रणनीति बनाउन आवश्यक सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

सोही अवसरमा सन् २०१९ मा नगरपालिका भित्र सञ्चालन हुने कार्यक्रमको पनि जानकारी गराईएको छ । यो वर्ष बुढीगंगा नगरपालिकामा यूवा शसक्तिकरण परियोजना, सामुदायिक विकास परियोजना र सुरक्षीत गर्भपतन परियोजना सञ्चालन हुने भएको छ । पीसविन अध्यक्ष विमला थापाले पीसविनको कामको प्रभावकारी अनुगमन र निगरानी गरिदिन नगरपालिकासँग आग्रह गर्नु भएको छ । सोही अवसरमा सरकारी र गैर सरकारी निकायले सञ्चालन गर्ने गतिविधि र काम बारे प्रत्येक महिनाको पहिलो शुक्रबार समीक्षा गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार