माघ महिनाको पहिलो साप्ताहिक राशिफल । कुन व्यक्तिको लागि कस्तो

  धर्म दर्शन  973 पटक हेरिएको

मेष – काम बिग्रने डरले सताउनेछ। सोमवार र मंगलवार साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुपर्ला।प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। तर आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूको साथले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। अध्ययनमा प्रगति हुनेछ। देश–विदेशको यात्रा गर्ने मौका जुट्न सक्छ। सप्ताहान्तमा भने ईर्ष्या गर्नेहरूले दु:ख दिन सक्छन्।
बृष –  सोमवारदेखि स्थिति केही उतारचढावमय रहनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। परिस्थितिले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सप्ताहान्तमा शुभचिन्तकहरूले पनि साथ दिनेछन् र भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिफल दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।प्रारम्भमा बौद्धिक क्रियाकलाप र लेखनमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ।

मिथुन – आर्थिक लाभ नभए पनि बौद्धिक उन्नति हुने जिम्मेवारी प्राप्त हुनेछ। धैर्यले काम बन्नेछ, वादविवादमा अघि नसर्नुहोला। बुधवारदेखि साथीभाइहरूको सहयोगले हौसला प्रदान गर्नेछ। इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मित्रहरूको सहयोगले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सोमवार र मंगलवार आलोचकहरूदेखि सावधान रहनुपर्नेछ।आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। सप्ताहान्तमा भने केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
कर्कट –  रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सकारात्मक नतिजा आउनेछ। आफन्त र साथीभाइसँग सम्पर्क बढ्नेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। तर,स्वास्थ्यचिन्ताले भने सताउन सक्छ। साताभरि आस मारेको काम बन्ने संकेत प्राप्त हुनाले खर्चको जोहो गर्नुपर्ला।आलोचकहरूले गल्ती औंल्याए पनि सच्याउने अवसर प्राप्त हुनेछ। लाभ नहुने कामको समेत जिम्मेवारी आउनेछ। तापनि सप्ताहान्तमा स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सहयोगीहरूले भने हात झिक्न सक्छन्।

सिंह – खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। बुधवारदेखि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुरुमा राम्रो फाइदा भए पनि लाभांश बाहिरिनाले अर्थ अभाव देखा पर्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्। तर परिस्थितिवश केही विवादास्पद काममा जुट्नुपर्ला। खट्किएको आवश्यकता पूरा गर्न सकिनेछ। स्वास्थ्य कमजोर रहनेछ।
कन्या –  केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। तापनि सोमवारपछि आँटेका काम बन्नाले मनग्गे फाइदा हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। सुरुमै हिम्मत गर्न नसक्दा काममा विलम्ब हुनेछ। आफ्नैले पनि धोका दिन सक्छन्।व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। बुधवारदेखि सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तर मौकामा लगानी गर्दा पछिलाई फाइदा हुनेछ। सप्ताहान्तमा दोहोर्याएर प्रयत्न गर्नुपरे पनि बुद्धिको उपयोगले आँटेको काम बन्नेछ।

तुला – विवादमा परी पनि हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। बुधवारदेखि कामबाट लाभ उठाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ। सप्ताहान्तमा भने स्वास्थ्यबाधा र फजुल खर्चले केही समस्या आइपर्न सक्छ।
बृश्चिक – सोमवारपछि स्थितिमा सुधार आउनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। प्रारम्भमा केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौती पार लगाउन सकिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। तर आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। सप्ताहान्तमा दिगो काम र साझेदारीबाट राम्रो फाइदा हुने देखिन्छ।
धनु – सुरुमा प्रियजनसँग भेटघाट भए पनि आतिथ्य खर्चिलो हुनेछ। बिनाकारण वादविवादमा परिने योग देखिएकाले व्यवहारमा सजग रहनुहोला। सोमवार र मंगलवार अर्थ अभावले सताउने हुँदा आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि बुधवारपछि स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

मकर –  दिगो फाइदा हुने काम हातलागी हुनेछ। परिवारजनको सहयोगले धेरै अप्ठ्यारा काम सम्पादन हुनेछन्।प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। बुधवारपछि यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला पनि थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।
कुम्भ -अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दु:ख देलान्।आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। आफ्ना लागि फाइदा भए पनि गरेको कामले विवादमा तान्न सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनाले प्रेमको बन्धन समेत कसिने समय छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।
मीन -कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रारम्भमा केही चुनौती देखापरे पनि आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। सप्ताहान्तमा प्रियजन भेटिनुका साथै नाम र दाम हातलागी हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार