एकताको कामले गति लिन सकेन : रावल

  मूलधार पोष्ट  346 पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले केही समय अघि बसेको स्थायी कमिटि बैठकले दिएको सुझाव अनुसार पार्टी एकताको कामले गति लिन नसकेको बताउनु भएको छ । अछाम सदरमुकाम मंगलसैनमा प्रेस संगठन अछामले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पुष मसान्त भित्र केन्द्रीय कमिटिका सदस्यको जिम्मेवारी बाँडफाँड, जिल्ला कमिटि गठन लगायतका काम गर्ने गरी ९ सदस्यीय कार्यदल बनाईएको भएपनि काम सम्पन्न नभएको र यसबाट विभिन्न क्षेत्रमा समस्या भएको उहाँको भनाई छ ।

प्रेस संगठन अछामका टेकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दैनेता रावलले सरकार संचालन गर्दा पनि पार्टीले संघीय, प्रदेश तथा स्थानीय चुनावमा अघि सारेको चुनावि एजेण्डा र घोषणा पत्र अनुसार अघि बढ्नुपर्ने बताउनु भयो । निमला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने आफुले पटकपटक आवाज उठाएको बताउँदै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनुभएका नेता रावलले टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सपथग्रहण गराईएको बिषयमा पार्टीमा छलफल नभएको धारणा राख्नुभयो ।

सुदूरपश्चिमको विकासका विभिन्न योजनालाई प्रभावकारी रुपमा अघि बढाउन आफुले सरोकारवालालाई घच्घचाईरहेको नेता रावलको भनाई छ । अब छिट्टै सेती लोकमार्गको काम अघि बढ्ने भन्दै उहाँले मध्येपहाडी लोकमार्गले समेग गति लिएको बताउनु भयो । पश्चिम सेती निर्माणका लागि सरकारलाई खबदारी गरीरहेको भन्दै नेता रावलले नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा चलखेल भैरहेको भन्दै आफुले खबरदारी गरीरहेको स्ष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर, पूर्व सभाषद भैरे कामी, प्रदेश कमिटि सदस्य कृष्ण प्रसाद भट्राई, शंकर भण्डारी, पूर्व सदस्य बम बहादुर विसी, साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवर, मंगलसैन नगरप्रमुख पदम बोहरा, रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, विभिन्न संचारमाध्ययममा कार्यरत संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रेस संगठनका होम साउँदले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार