बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ३२ घाइते नाम सहित

  मूलधार पोष्ट  292 पटक हेरिएको

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ मालढुङगामा बिहिवार  बिहान बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका ५५ वर्षका अमिसरा पुन, म्याग्दीको पाखापानी २ का २१ वर्षका राजेश पुन, पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका ५० वर्षका टिके परियार, उहाँका श्रीमती ४० वर्षका सेती परियार, जलजला गाउँपालिका ७ का २२ वर्षका जीवन विक, बागलुङ नगरपालिका ४ कुँडुलेका ४८ वर्षका शान्ती केसी रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार साँघुरो सडकमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको थियो । मृत्यु भएका मध्ये एकजनाको सनाखत हुन सकेको छैन ।

घटनास्थलमा ३ जना र उपचारको क्रममा धौलागिरी अञ्चल अस्पतालमा अन्य ४ को मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिवारीले जानकारी दिनुभयो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका ७ जनाको काठमाण्डौँको छाउनी अस्पताल, २ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एकजनाको अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार