यीनै हुन ११ बर्षिया बालक जो बाघको पन्जाबाट बाच्न सफल भए

  मूलधार पोष्ट  442 पटक हेरिएको

बैतडीको तल्लोस्वराडमा आज एक बालक चितुवाको आक्रमणवाट घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका ६ बसेडीका ११ बर्षीय रबिन्द्र सिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।

आज बिहान ८ बजे विद्यालय जादै गरेका धनाडीलाई स्थानीय ओलेओखडानी भन्नेस्थानमा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । बिहान साथीहरुसंगै विद्यालयका लागि हिडेका धनाडीलाई चितुवाले एक्कासी आक्रमण गरेको हो । धनाडीको गर्धन, अनुहार र पिठ्युका घाउ रहेको छ । घाइते बालकको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनाडी स्थानीय शोमेश्वर माविमा कक्षा ५ मा अध्यनरत रहेका छन् ।

यसअघि गत पुस ११ गते शिवनाथ गाउँपालिका ६ कै ४८ वर्षिया हिउकला धनाडी पनि चितुवाको आक्रमण बाट धाइते भएकी थिईन् । चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । स्थानीय प्रशासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार