हरीया रुखहरु धमाधम काटिदै

  शंखर पहाडी(गौरब)  241 पटक हेरिएको

हरिहरपुरगढी गाउँ पालीकाका विभिन्न स्थानमा सडेगलेका तथा ढलेका सुकेका रुखको नाममा हरीया रुखहरु कटान गरिएको छ ।  स्थानिय सामुदायीक वन उपभोक्तासंगको मिलेमतोमा हरिया रुखहरु काटीएको केही स्थानियले बताएका छन । इलाका वन कार्यलय क्यानेश्वरमा रहेको भएपनि ठुलो जङ्गल भएका कारण जङ्गलको विचमा गएर सडेगलेका तथा ढलेका सुकेका रुखको नाममा हरीया रुखहरु धमाधम काटिएको हो ।

रुखहरु धमाधम काटिएको छ रे नि भन्ने अर्थ सन्सार सिन्धुलीको प्रश्नमा सोही क्षेत्रका एक ठेकेदार सामुदायीक वन उपभोक्ता महासंघका एक पदाधीकारीले काटिएको छैन यदि काटिएको भएपनि मिलाएर गर्नु पर्ने बताउनु भयो । उहाँका अनुसार जङ्गल धेरै छ । अलि अलि काटेपनि केही हुदैन । उहाँ भन्नु हुन्छ आफुले एहि राजनिति गर्नु छ , सडेगलेका तथा ढलेका सुकेका रुखको नाममा हरीया रुखहरु काट्नुहुदैन भन्यो भने जनमानस उर्लिन्छ थेग्न सकिदैन । तर यस विषयमा जिल्ला वन कार्यलय सिन्धुली तथा ईलाका वन कार्यलय क्यानेश्वर बेखबर छ । भने वर्षेनी सुकेका सडेगलेका रुखको नाममा हरीया रुखहरु काट्ने चलन यस क्षेत्रको कुनै नया होईन ।

त्यस्तै  सिन्धुलीको हरीहरपुरगढी गाउँ पालीकाको वडा नम्बर ७ मा रहेको एक कुण्ड पोखरी घेराबेरा कार्यमा कमसल सामाग्रीको प्रयोग भएको छ । हरिहरपुरगढी गाउँ पालीका वडा नम्बर ७ को कुण्डमा रहेको कुण्ड पोखरी घेराबेरा निर्माण कार्यमा सम्झौता अनुसारको काम नभएको हरिहरपुरगढी वडा नम्बर ७ का वडा अध्यक्ष बालकृष्ण नेपालले बताउनु भयो । अध्यक्ष नेपालका अनुसार १६ लाखमा घेराबेरा निर्माण कार्य सुरु गर्न बनेको बिक्रम थिङ्गको अध्यक्षताको समितिले कुण्डको घेराबेरा निर्माण कार्यमा सम्झौता अनुसार सामाग्रीको प्रयोग नगरेको हो ।

२ फिट गहिराई र २ सय ५० फिट लम्बाई बनाउनु पर्ने सम्झौता भएको भएपनि १ फिट गहिराई र कमसल खालको मसला प्रयोग गरिएको वडा अध्यक्ष नेपालले बताउनु भयो । उहाँका अनुसार पर्खालमा कमसल खालको मसला प्रयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार