चिसोका कारण दुई सातामा ९४ जनाको मृत्यु

  मूलधार पोष्ट  439 पटक हेरिएको

छिमेकी देश भारतको राजधानी दिल्लीमा चिसोका कारण पछिल्लो समय दुई सातामा मात्रै ९४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरबार नभएका व्यक्तिहरु रहेका दिल्ली सरकारले जनाएको छ । दिल्ली वरपरका पहाडी क्षेत्रमा परेको हिउँका कारण दिल्लीमा चिसो बढ्नुका साथै जनजीवन प्रभावित बनेको छ ।

तस्विर समसामहिक

चिसोका कारण सन् २०१८ को डिसेम्बर महिनादेखि २०१९ को जनवरी १५ तारिखसम्म ३ सय ३१ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चिसोबाट बच्नका लागि दिल्ली सरकारले खासै पहल नगरेको भन्दै नागरिकले गुनासो समेत गरेका छन् ।

यो पनि पढ्नुहोस् ।
तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी ।
यस बर्ष तरुलले राम्रो मूल्य पाएपछि व्यवसायिक रुपमा तरुल खेती गर्दै आएका सर्लाही पश्चिमी भेगका किसान खुशी भएका छन् । विशेषगरी माघे संक्रान्तिमा फलहारको रुपमा प्रयोग हुने तरुल बेचेर जिल्लाका किसानले राम्रो आम्दानी गर्छन् । सर्लाहीको राजघाट, शंकरपुर, हजरिया, बरहथवा लगायतको क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुन्छ ।

यहाँका किसानको प्रमुख आम्दानीको स्रोत नै अकाशे र पताले तरुल खेती हो । यस वर्ष तरुल प्रतिकठ्ठा ८ देखि १० क्वीन्टल सम्म उत्पादन भएको किसानले बताएका छन् । किसानले प्रतिकिलो ३० देखि ४० रुपँैयासम्म तरुल बिक्री गरिरहेका छन् । पछिल्ला वर्षमा उखु लगायत अन्य खेतीबाट भुक्तानी लिन झन्झट व्यहोरीरहेका किसान तरुल खेतीबाट राम्रो आम्दानी देखेपछि यसतर्फ आकर्षित भएका हुन् ।

बागमती नगरपालिका ५ राजघाटका किसान पूर्णचन्द्र उपे्रतीले तरुल खेलीबाट किसानले राम्रो फाइदा लिएको बताउनुभयो । सर्लाहीमा उत्पादन भएको तरुल धेरै मात्रामा काठमाण्डौं, हेटौंडा, नारायणघाट, मन्थली, बनेपा लगायत देशका विभिन्न शहरहरुमा निर्यात हुने गरेको छ । तरुल उत्पादन गर्ने किसानले मात्रै होइन्, तरुल खन्ने मजदुरले पनि यो समयमा राम्रै आम्दानी गर्छन् । अहिलेदेखि खन्न थालिएको तरुल स्वस्थानीसम्म नै निकाल्ने गरिन्छ । एक किलो तरुल खने ६ रुपिँया पाइने बताउनुहुन्छ, शंकरपुरस्थित सोल्टीमा तरुल खन्दै गर्दा भेटिनुभएका मजदुर राशलाल महतो । व्यापारी तरुल किन्नका लागि खेतबारीमै पुग्ने भएकाले उत्पादन गरेको तरुल बिक्रीमा समस्या नभएको किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार