बँदेलको आक्रमणबाट १ जना घाइत

  मूलधार पोष्ट  346 पटक हेरिएको

बाजुराकाे बडिमालीका नगरपालिका वडा नं ७ मा पर्ने हल्याडाँडामा बँदेलको आक्रमणबाट १ जना घाइते भएका छन् । बडिमालिका नगरपालिका ७ का सुरेन्द्र रोकायाका १५ वर्षिय छोरा रोसन रोकाया रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । उहाँका अनुसार रोसन रोकाया, हेमराज धामी गरी तिन जना हल्याडाँडामा घुम्न गएका र त्यही रोसन रोकायालाई बँदेलले आक्रमण गरेको बताइएको छ । आक्रमणमा परी खुट्टा तथा पाखुरामा गम्भीर चोट लागेका रोकायाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकी थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ । 

पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा भालु, बँदेल लगायतका जङ्गली जनावरहरुले स्थानियलाई आक्रमण गर्नेक्रम बढेको छ । गएको महिना खप्तड छेडेदहमा भालुको आक्रमणमा परी ३ महिला र एक पुरुष घाइते भएका हुन । त्यस्तै बुढीगंगा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको छ ।

थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिनुभएको छ । उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । रिठा बजार नजिकै होटेल सञ्चाल गर्दै आएका थापाका घरमा श्रीमती,२ छोरा, ३ छोरी र २ नाती समेत भएको प्रहरीले प्रमुख भाटले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार