सिंहदरबारभित्र थन्किएका २ सय गाढी स्थानिय तहलार्इ बुझाउने

  पत्रपत्रिकाबाट  276 पटक हेरिएको

लामो समयदेखि सिंहदरबारभित्र थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। ती गाडीलाई मर्मत गरेर प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाउन र प्र योग यर्न नमिल्नेलाई तत्काल लिलाम गर्न प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ।देशभरका सबै सरकारी निकायमा यस्तै प्रावधान लागू गरिएको छ। प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ। डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ।

सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन्। कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन्।प्र धानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको र चालाउन मिल्ने गाडलाई छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ। यो खबर आजको राजधानी दैनिकमा छ।

यो पनि पढ्नुहोस् ।
सिंहदरवार प्रवेश गर्नेहरुले यसो अन्तरकुन्तर नियाले भने त्यो मुलुकको स्थायी प्रशासनको केन्द्र हो वा कवाडीखाना भन्नेमा झुक्किन सक्छन् । यसको कारण हो, सिंहदरवारभित्रको मन्त्रालय परिसरमा अलपत्र अवस्थामा छाडिएका गाडी र बेथिति । सिंहदरबार आम जनताको आशाको केन्द्र । जहाँ प्रवेश गर्नुमात्रै पनि सर्वसाधारणका लागि सपना झै हुन्छ । त्यही पुगेर राज्य सत्तामाथि राज गर्ने चाहमा राजनीतिक दलहरु आ–आफ्ना एजेण्डा बोकेर जनताबाट अनुमोदित हुन्छन् । हरेक सरकारका प्रधानमन्त्री र मन्त्री राज्यसत्ताभित्र रहेका बेथिति र फोहोर सफा गर्ने भाषण ठोक्छन् । सदाचार र नियमितताको पुराण सुनाउँछन् ।

तर सिंहदरवारभित्र प्रवेश गरेर यसो अन्तरकुन्तर नियाल्यो भने देखिन्छ हाम्रो सरकारको कार्यशैली, संस्कार र प्रवृत्ति । मुलुक संघीय मोडलमा जानुअघि सिंहदरबारमा करीब २७ वटा मन्त्रालय थिए । तिनै मन्त्रालयमा राज गर्ने मन्त्री, सचिव र उच्चपदस्थ कर्मचारीले राज्यकोषबाट किनिएका सुबिधासम्पन्न गाडी चढ्ने गर्दछन् । यो क्रम अब प्रदेशसम्म सरेको छ । तर सिंहदरबारभित्रका अधिकांश मन्त्रालय कम्पाउण्डमा राखिएका गाडीका बेथिति हेर्दा हाम्रो संस्कार र कार्यप्रवृत्ति कहिले सुध्रिएला भन्ने लाग्छ । कम्पाण्डभित्र धुलाम्य अवस्थामा राखिएका कतिपय गाडीबाट त मन्त्री चढ्दाका झण्डासम्म झिकिएको छैन । तत्कालिन खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले प्रयोग गरेको गाडी झण्डासहित मिल्काइएको छ । यो त उदाहरण मात्रै हो । यस्ता दर्जनौ गाडी सिंहदरबारको अधिकांश मन्त्रालय कम्पाउण्डमा अलपत्र थन्किएका छन् । त्यो पनि बषौंदेखि । थन्क्यिाइएका गाडीमा ल्याण्ड क्रुजरदेखि स्कोरपियोसम्म छन् ।करौंडौ÷लाखौ पर्ने यस्ता गाडी यसरी मिल्क्याइएकामा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको भनाई अलिक भिन्न छ । उनको भनाईले पनि सिंहदरबारभित्रका यस्ता गाडीको ब्यबस्थापन नगर्दा वषौंदेखि बेबारिसे छाडिएको प्रष्ट हुन्छ ।

उसोत, यो समस्या सिंहदरबार भित्रको मात्रै होइन अरु सरकारी कार्यालय काठमाडैंदेखि जिल्लातहसम्मै उस्तै छ । सरकारी कर्मचारीले दुरुपयोग गरेका कारण गाडी फिर्ताको पहल शुरु गरेपनि सिंहदरबार र देशैभरका सरकारी कार्यालयमा अलपत्र राखिएका गाडीको थान्को लगाउनेबारे भने कहिले सोचिने हो ?मान्य मर्मतबाट बन्न सक्ने गाडी पनि मर्मतसम्भारभन्दा नयाँ किन्ने र त्यसबाट आउने लाभमा रम्ने प्रवृत्ति रहेकैले बिग्रिएका गाडी थपिँदो रहेको सरकारी कर्मचारीहरु नै बताउँछन् । अझ राजनीतिक र उच्च प्रशासनिक तहलाई रिझाउनकै लागि ऋणमा सञ्चालित परियोजनाका नाममा महँगा गाडी किनेर उपहार चढाउने अर्को रोग त कहिले अन्त्य होला खै ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार