शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र “लभजोन”को छायांकन शुरु

 172 पटक हेरिएको

रोशन पोखरेल ,  माघ १-बिजि बर्मा फिल्मसको प्रस्तुतीमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा शुरु भएको छ । सो चलचित्रको रामेछाप सोलु र जिरी आसपासका क्षेत्रमा छायाांङकन गरिने निमार्ण पक्षले बताएको छ । नव नायिका प्रेरणा बोहराको साथमा राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ लगायत का कलाकारले अभिनय गर्ने भएका छन । ओम बहादुर कार्की को निर्माण मा बिक्रम कार्की को छायाँकन राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ ।चलचित्रमा युवा युवति विचको भावनात्मक प्रेमलाई कथाको रुपमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए । त्यस्तै

आज माघे सङ्क्रान्ती पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ती मेला शुरु भएको छ ।परम्परागत रुपमा लामो समयदेखि प्रत्यक वर्ष माघ १ देखि १५ दिनसम्म कमलाको त्रिवेणी धाममा माघे सङ्क्रान्ती मेला सञ्चालन हुने गरेको आयोजक कटारी उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुस्कर खड्काले बताउनुभयो । मेला शुरुसँगै बिहानको ३ बजेदेखि त्रिवेणी धाममा मकर नुहाउने तथा पूजाआरधना गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रव श्रेष्ठले बताउनुभयो ।

धाममा देशका विभिन्न भाग र विदेशबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुनाले आजै बिहानदेखि त्रिवेणीमा नेपाल प्रहरी र सशस्त्र प्रहरसुरक्षाको लागि परिचालन गरिएको छ । त्रिवेणी महत्वपूर्ण धाम भएकाले काठमाडौँ, धनुषा, महोत्तरी, सुनसरी मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, सोलु, रामेछाप सिन्धुलीसहित विभिन्न भागबाट भक्तजन नुहाउन आउने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । भारतको बिहार र पश्चिम बङ्गालको दार्जिलिङ, सिक्किम, कालिम्पोङ, अलगडा, पेदुङ क्षेत्रबाट आउने सङ्घका अध्यक्ष खड्कले बताउनुभयो ।

कमला नदीमा उदयपुरकै ककरु र तावा खोला मिसिएर त्रिवेणी धाम बनेको र प्रसिद्ध कमलेश्वर महादेवको मन्दिर तथा लक्ष्मी र गणेशसहित कमला माइको दर्शन तथा पूजा र आराधना हुने गरेको स्थानीयवासी गणेश धमलाले बताउनुभयो । मकर नुहाउनाले शरीरको चर्मरोग निको हुने र मनले चिताएको पूरा हुने हुनाले हिन्दू मात्र नभएर बुद्ध र इस्लामसहित अन्य धर्मावलम्बी त्रिवेणी नुहाउने गरेको कटारीका विष्णुप्रसाद दाहाल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार