२१ बर्षको कलिलो उमेरमै ज्यान गुमाइन सन्जुले

  मूलधार पोष्ट  283 पटक हेरिएको

रोल्पा जिल्लामा एक यात्रुवाहक जिप दुर्घटना हुँदा १ युवतीकाे मृत्यु भएको छ भने १२ जना घाइते छन् । सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउँसो पौने ४ बजेतिर परिवर्तन गाउँपालिकाको खरिबोट नजिकै सडकबाट खोलामा खसेको हो ।

दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । उनी माघी पर्व मनाउनका लागि कुरेली गाउँमा माइतीघर जना हिडेको बताइएको छ । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ । घाइते सबैलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि ल्यायाइएको बताइएको छ । घाइते सबैको नाम र ठेगाना खुली नसकेको प्रहरीले जनाएको छ । दुई सातायता जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन् । केही दिनअघि मात्रै परिवर्तन गाउँपालिकाकै बागमारा जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो । तस्विर गुगलबाट

त्यस्तै काेकाकाेला काे मुख्य प्रायाेजनमा एक महिना भित्रै सुरु हुन लागेकाे काे बन्छ कराेडपतिकाे ‘ केबिसि नेपाल ‘ नामक माेबायल एप सार्वजनिक भएकाे छ। याे एप माेबायलकाे प्ले स्टाेर र एप स्टाेर मा गई KBC Nepal टाइप गरेर काे बन्छ कराेडपतिकाे माेबायल एप डाउनलाेड गर्न सकिन्छ। काे बन्छ कराेडपति अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘ हु वन्ट टु बी अ मिलीनियर ’ को नेपाली सँस्करण हाे।

एसअारबिएन मिडियाकाे उत्पादनमा सुरु हुन लागेकाे याे कार्यक्रम एपिवान टेलिभिजन ले ल्याएकाे हाे। एपिवान टेलिभिजन बाट सुरु हुन लमगेकाे याे गेम शाे माेबायल एप मार्फत पनि टिभिकाे जस्तै ढाँचामा खेल्न सकिने छ। कार्यक्रम प्रसारण हुन अगाडि नै माेबायल एप सार्वजनिक भएकाेले एप मार्फत तयारी थाल्न सकिने छ। मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार