अनाथलाई न्यानो लुगा सहयोग

  मुुलाधार पोष्ट  435 पटक हेरिएको

भारतको मुम्बईमा बस्ने प्रवासी नेपालीहरुले अनाथ बालबालिकाका लागि न्यानो लुगा सहयोग गरेका छन् । दैनिक ज्याला गरेवापत आम्दानी गरेको रकमबाट दिनको खाजा खर्च कटाएर कन्सन बाजुरामा रहेका अनाथ बालबालिकालाई चिसो छल्न न्यानो लुगा सहयोग गरेका हुन् ।

बुढीगगा नगरपालिका २ बह्मतोलामा रहेको कन्सन बाजुराको संरक्षणमा रहेका १३ जना अनाथ बालबालिकालाई न्यानो लुगा सहयोग गरिएको संस्थाका अध्यक्ष गणेश थापाले बताएका छन् । प्रवासीले पठाएका लुगा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले सम्बन्धीत बालबालिकालाई हस्तान्त्रण गरेका हुन् । आमा बुबा दुवै नभएका र अरुकै साहरामा जीवन बिताउन बाध्य बालबालिकालाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको प्रवासी नेपाली संघ महाराष्ट्र समितिका सदस्य गणेशराज गिरीले बताएका छन् । लुगा मुम्बईमा बस्ने दुई बाजुराबाट कामका लागि गएका नेपालीहरुले सहयोग गरेका हुन् । उनीहरुले २० हजार भारतीय रुपैया बराबरका लुगा पठाएका छन् । महाराष्ट्र मुलुण्ड नगर कमिटीले देउसी भैलो खेलेर पनि आर्थिक संकलन गरेको थियो ।

उनीहरुले स्कुल डे«स, सुईटर देखि न्यानो बलाङ्केट, जकेट सहीतका कपडा रहेका छन् । लुगाहरु ढुवानी सेवा मार्फत नेपाल पठाईएका थिए । अनाथ आश्रम निर्माणका लागि समेत सहयोग गर्दै आएका उनीहरुले प्रत्येक वर्ष अनाथका लागि केही न केही सहयोग गरेर सेवाकारी कार्यमा साथ दिने गरेको संस्थाका सञ्चालक बहादुर थापाले बताएका छन् । बाजुरामै अरुको सेवाका लागि तयार हुने व्यक्तिहरु रहेकोमा सहायक प्रमुख जिल्ला अधिकारी मल्लले खुसी व्यक्त गरेका छन् । अनाथको सुरक्षा र संरक्षणका लागि जिल्ला बाहिर पठाउँदा विभिन्न समस्या हुने गरेको थियो, अनाथ आश्रम बन्दा धरै सजिलो हुने मल्लको भनाई छ ।

उनले सबै स्थानीय तहलाई समन्वय गरि सहयोगका लागि आफूले पहल गर्ने आश्वासन समेत दिएका छन् । प्रवासमा बसेर पनि नेपाल र नेपाली त्यसैमा अनाथ माथिको दयाभाव देखाउने नेपाली प्रति उच्च सम्मान सहीत धन्यवाद दिएका छन् । हाल कन्सनको संरक्षणमा रहेका १३ जना अनाथ अढाई वर्षदेखि १३ वर्ष उमेर समूहका छन् । उनीहरुलाई हाल कन्सन बाजुराले लालन पालन गरिरहेको छ । संस्थालाई अनाथ आश्रमकै रुपमा विकास गर्न कान्छो अभियान्त केपी खनाल र सामाजिक अभियान्ता गणेश थापाले सहयोगबाटै ५९ लाख बराबरको अनाथ आश्रम निर्माण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार