ज्योतिष शात्र : राशिअनुसार पाैष २९ देखि माघ ५ गतेसम्म तपाइको लागि कस्तो छ समय

  धर्म दर्शन  521 पटक हेरिएको

मेष -सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ।प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। चिताएका काम सम्पादन हुनेछन्। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा भने आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउने हुँदा सजग रहनुहोला।
बृष – खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुधवारपछि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर साथसाथै धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ।

मिथुन – मंगलवारदेखि अरूका काममा समय खर्चनुपपर्ला। परिश्रम परे पनि काम सम्पादन गर्न समय लाग्नेछ। खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सञ्चित धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आकर्षक उपहारले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।रोकिएका काम सम्पादन हुनेछन्। पारिवारिक जमघटले आनन्द दिलाउनेछ।
कर्कट – मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ।व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। सप्ताहान्तमा देश–विदेशको यात्रा हुन सक्छ। तर, आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ।
सिंह – बुधवारदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला।रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामान्य फाइदा भइरहनेछ।

कन्या -कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि मिहिनेतले स्थितिमा सुधार आउनेछ। बिहीवार र शुक्रवार भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। प्रबल इच्छाशक्तिले प्रारम्भमा लक्ष्यनजिक पुर्याउनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। सप्ताहान्तमा अधुरा काम बन्नेछन् तर आफ्नाबाट धोका हुन सक्छ, सजग रहनुहोला।
तुला – सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बिहीवारदेखि परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ।

बृश्चिक -अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बिहीवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथीसँग प्रेमको गाँठो कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ। सप्ताहान्तमा स्वास्थ्यप्रति अलि सजग रहनुहोला।
धनु – प्रारम्भमा काम बिग्रने चिन्ताले सताउन सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुन थाल्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बिहीवार र शुक्रवार आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। सप्ताहान्तमा वादविवादबाट जोगिनुहोला। प्रियजनसँगको भेटघाटले काममा उत्साह जगाउनेछ।

मकर – सुरुमा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर छ। मंगलवार र बुधवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। आँटेको काम बन्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला।
कुम्भ – प्रारम्भमा बोलीको प्रभावले विशेष अवसर दिलाउनेछ। वादविवादमा अघि नसर्नुहोला, सम्पादित कामबाट राम्रै लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। सोम, मंगल बुध र शनिवार प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बिहीवारदेखि आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले सफल भइनेछ।

मीन -प्रारम्भमा स्वास्थ्य कमजोर देखिए पनि व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बिहीवारपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। नेपाली पात्रोबाट साभार गरिएको हो ल।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार