वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात

  पत्रपत्रिकाबाट  876 पटक हेरिएको

सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात गरेको खुलासा भएको छ । शुक्रबार वडा नम्बर २ का वडाध्यक्ष राम इस्वर यादबलाइ अफिस भित्रै गाली बेइज्जत गरि हातपात र बन्दुक समेत तेर्साएको वडा अध्यक्षले दिएको जाहेरि अनुसार जिल्ला प्रहरि कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक( डएसपी) माधब राज खरेलले जानकारी दिए ।

सिफारिस नगरिदिएको निहु बनाइ स्थानीय बिल्टु यादब, उनकै छोरा महेश यादब, सत्रुधन यादब, पप्पु यादब सहित नरहा गाउँपालिका ४ का जय कुमार यादबले हातपात गरेको वडाध्यक्षको जोहरीलाई उदृत गर्दै प्रहरिले जनाएको छ । घटना लग्तै प्रहरि पुग्दा जय कुमार यादब र पप्पु यादबलाइ पक्राउ गरेका छन् ।

वडा अध्यक्ष यादबका अनुसार , आफू अफिस भित्र काम गरिरहेको बेला घरमा आगो लागेको सिफारिस गरिदन भनेको थियो । निजलाइ स्थलगत र प्रहरिको प्रतिबेदन अनुसार रोहबरमा बसिदिने भन्दा समेत नमानी आफूलाई गलहतथा लगाइ हात समातेर बिल्टु यादबका छोरा महेश यादवले बन्दुक तेर्साएर कुटपिट गरे । आफूले लगाएको आधी तोला सुनको सिक्री र बैंकबाट ल्याएको २५ हजार नगद समेत उनीहरुले लुटेर लगे । घटना बारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । न्युज व्युरोबाट ।

त्यस्तै विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा मृत्यु भएको हो । आगलागीले ढपालीको कच्ची घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ४ बजे घरमा आगो लागेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार